Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

प्रभाकर न्यौपाने :बा ……..

CineKalaCineKala 24 Aug 2020

सिने कला । आज १५ बर्ष भए छ महेश आफनो श्रीमती पद्या र छोरी लक्षिता सहित संसारकै स्वपनील शहर अमेरीकाको टेक्सास सेटल भएको । जिन्दगीमा कहिल्यै चिठ्ठा नपरेका महेश डिभी चिठ्ठा भर्न कहिल्यै छोड्दैन थे र त तेहि चिठ्ठाले आज उनको पहिचानै बदलदीए जस्तो भया,े हाल अमेरीकामा सानो परिवार सहित स्थापीत भएरै बस्न सफल भए । दुबै जना काम गर्न थालेकोले पनि होला महेशलाई छोटो समयमा अमेरीकाको टेक्सास्मा घरजम सहित स्थापीत हुन मद्दत गर्यो । आफनो करियर बिग्रने सोची अर्को नपाउने निर्णय गरेसँगै लक्षिता उनिहरुको एक्लो सन्तान बन्न पुगीन । डयाड् मम दुबै काममा बिजी भएका कारण उनी डेकेयर बस्नु पर्यो । रुपमा काली काली बर्णका लक्षितालाई उन्कै उमेर समुहका डेकेयरका साथीहरुले घुरेर हेर्थे सायद तिनका साथीहरु गेरा भएकोले काली रुपकी लक्षीतालाई अचम्म मानेर हेर्दा हुन । लक्षितालाई पनि ति गोरा साथीहरु आत्मीय लागेनन् तेही कारण उनी प्राय एक्लै हुन्थीन् । जसरी डेकेयरमा एक्लै हुन्थीन घरमा पनि उनको अबश्था उस्तै नै हुन्थ्यो । प्रायजसो महेश कामबाट फर्कदा लीक्षतालाई घर लिएर आउँथे । पद्यमाको काम अलिक पर अनि साथी भाईसँग गफिन रुचाउने हुदा बेलुकाको डिनर बनाउन महेश नै किचेन छिर्नु पर्ने भएकोले लक्षिता घरमा पनि लगभग एक्लै नै हुन्थीन । सायद एक्लो पनकै कारण होला उनी कम बोल्ने , अनाबस्यक रुपमा नबोल्ने , अपरिचितसँग त झन बिना कारण बोल्दै नबोले गम्भीर प्रकृतीकी र्थिइन । परिवार सगँै भए पनि न भए पनि खासै फरक पर्दैन थ्यो उन लाई । उनको एकान्तको साथी भनेको सानो क्यानभास र बिभिन्न रंग पोतीएका स साना कुचीहरु थिए । अचम्मको कुरा त के छ भने उनि बिश्वकै नाम चलेको आधुनीक शहरमा बसे ता पनि उनलाई त्यो आधुनीकताले कहिल्यै तानेन परिवारीक बोलीचालीको भाषा अंग्रेजी भए पनि उनि नेपालीलवज रुचाउँथिन । अरु त अरु उनले कोरेका हरेक चित्रहरुमा सोम्य,शान्त हराभरा नेपाली परिबेस सजिब देखिन्थे । हुन त उनी ६ बर्षकै उमेर यता आएकी हुन र पनि उ दिनका घुर्मीलो यादहरुलाई संँगेटन खोज्छीन् लक्षिता । अझ रोचक कुरा त के छ भने उनको नाम उनका टिचर,केयरटेकर लगायत सम्बन्धीत ब्यक्तीहरुले शुद्धसँग उच्चारण गर्न नसकेको कारण देखाई नाम परिवर्तनको लागि ठुर्लै दबाब आउँदा पनि वास्ता नगरी अडिक रहीरहन्छीन । उसो त उनका ड्याड मम पनि उनको नाम परिवर्तन कै पक्षमा थिए र पनि यो नाममा के भेटीन उन्ले कहिल्यै परिवर्तन गर्नै चाहीनन् । लक्षिता सहित जम्मा तिन जनाको परिवारमा पनि कुनै कुरामा एकरुपता छैन तेसैले यदि आफनो रुचि अनुसार खान वा सोच अनुरुप गर्न पर्यो भने आफै डटिनु को बिकल्प हुदैन थ्यो । सायद यहि नै अधुनीक जिवन शैली हो की रु महेश र पद्यमाको परिभाषमा ।
टेक्सस् स्थित महेशको घरमा आज अगि पछि भन्दा फरक माहोल देखीएको छ । लक्षिता आफनो बेडरुमबाट लिभिङ्ख रुम आइन टेबुलमा राखेको बोडमार्कर टिपि नोटिस बोर्डमा ट्राभल सेडुल लेख्न थालीन । महेश कफिको कप लिइ सोफामा बसेका छन् भने पद्यमा आज काममा नै नगइ बसेकी छीन । कफिको कप मन नलगाई नलगाई खेलाउँदै बेटा तिमीले डिसाइड नै गरि सकेको हो र जाने अलिक अगाडी भनुपर्दैन थ्यो रु कसरी खर्च म्यानेज गर्छौ रु कहाँ बस्छौ । यहाँ जस्तो सबै कुरा म्यानेज हुदैन उता सजिलै । मैले म्यानेज गरि सके डन्टवरी । पद्यमा निन्याउरो अनुहार लगाएर अगि देखि गतिबिधि नियालीरहेकी छीन् । लक्षिता आफनो लगेज लिएर निस्कन्छीन् मेरो कलेज पनि पुग्नुछ ट्राभल अडर र डकुमेन्ट लिनको लागि सो म उतैबाट एर्पोट निस्कन्छु बाइ ।।।।।।।।। एक एक घरमा सन्नाटा छायो पद्यमा सुकसुकाउँदै हुन्छीन् । लक्षिता घरबाट नेपालको लागि निस्कन्छीन ।
त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल बाहिर लक्षितालाई लिन होटेलको कारवाला नेमकार्ड उचाल्दै कुरी रहेको देखि ट्रली ठेल्दै तेतै पाइला अगी बढाउँ छिन् र लगेज माथी हुटमा राखी आफु पछाडी सिटकमा बस्छीन । कारको झयालबाट चिसो हावा भित्र पस्छ । लक्षिता प्रफुल्लीत हुदै बाहिर हेरी रहेकी हुन्छीन । एयरपोट गेटबाट कार दाहिने मोडीन्छ । फुटपाथमा बिबिन्न उदेश्यले बसेका मान्छेहरु तिर नजर डुलाउँदै गर्दा एक जना बृद्ध ब्यक्ती बच्चाले झै ललिपप चुस्दै गरेको देख्छीन उनलाई त्यो बुढो मान्छे को गतिबिधी अनौठो लाग्छ कार पर पुग्दा पनि पछाडी फर्के र हेर्छीन । रुममा पुगी सामान मिलाउन थाल्छीन् । मिलाउँदै गर्दा स्केज कपि उनको हात पर्छ एक पटक फर्रररररर पल्टाउँछीन् र एउटा स्केजमा गएर टक्क रोकीन्छ जुन स्केज हेर्दा मानव आकृती जस्तो देखिन्छ तर अपुरो छ । लक्षिता गम्भीर भएर सो स्केजलाई हेर्छीर त्यो स्केजलाई पुर्णता दिने उदेश्यले रंग फिट्न थाल्छीन् । जति जति स्केज पुर्ण उन्मुख हुन्छ उती उती उनी छक्क पर्छीन यो कसरी सम्भब छ रु पहिलो पल्ट देखेको मन्छेको आकृती यति प्रगाढ कसरी रु लक्षिता चारै कोणबाट स्केजलाई नियाल्छीन । जताबाट जसरी हेर्दा पनि उहि बद्ध ब्यक्तीकै आकृतीसँग मिलेको अनुभुती गर्छीन् । उलाई अबेर सम्म निन्द«ा लाग्दैन ।
भोली पल्ट तेहि बाटो हुदैं प्रोजेक्ट वर्कको लागी निस्कदा पनि उनका आँखा हिजैको ठाउँमा पुग्छ तर ति हिजोका बृद्ध ब्यक्ती त्याहाँ हुदैनन् । उन लाईकेहि खल्लो महशुस हुन्छ । उनी प्रोजेक्ट वर्कको लागी एउटा बृद्धाश्रम पुगेकी हुन्छीन । बृद्धश्रममा आउनु र त्यहाँ रहेका बुबा आमाको अबश्था बुझनु अनि बृद्धबृद्धाहरुको हेरचारमा अपनाईएका कार्यहरु आदी बारे अनुसन्धान गर्नु उनको दैनिकी थियो । पारिवारीक जिवनमा कहिल्यै बृद्ध ब्यक्तीको संसर्गमा नआएकी लक्षितालाई ति बा आमासँगको सामिप्यता प्यारो लाग्छ । र त उन लाई पहिलो दिनको बृद्ध बाको आर्कतीले घरी घरी तानिरहेको छ त । एक दिन लक्षिता बृद्धाश्रममा आफनो कार्य गर्दै हुन्छीन् । अनायसै उनको आँखा ललीपप चुस्दै गरेका बृद्ध बा मा गएर ठोकीन्छ जस्लाई उनका आँखाले निकै दिन देखि खोजी रहेका थिए । उनलाई ति बाको बारे बुझन मन लाग्यो र हतार हतार बृद्धाश्रमको सोधपुछ कक्षमा पुगीन । आफनो जिज्ञासा एकै सासमा राखिन । कर्मचारीले पनि ति बाको बारे उपलब्ध इनफरमेसनका आधारमा पुर्ण जानकारी दिए। त्यस पछि त झन लक्षितालाई झन ति बा प्रती अगाध स्नेह जागेर आयो । अल्जामरका रोगी ति बुढा अफनो सन्तान लिन आउँछन् भनेर उनि एर्पोट गेट नजिक फुटपाथमा बस्ने गरेको र आफनी नातिनीका लागि लालिपप ल्याउदा रहेछ । बाटो कुर्दा कुर्दा निरास भए पछि सो लालिपप आफै चुस्न थाले जुन अहिले उनको लत बनि सकेको रहेछ । यो कुराले लक्षिताको आँखा अनायसै रसाए । ति बा का मार्मीक जिवन गाथाले मुटुमा चिसो भयो । उनी ति नै बा नजीक पुगीन र टुसुक्क बसीन । बा पनि ललिपपको रस चुहाउँदै अनौठो पाराले लक्षितालाई हेर्दै थिए । लक्षिता आफनो ब्यागबाट टिसु पेपर निकाली बाको मुखबाट बगेको रस पुछी दिन्छीन । ति बाले के सोचे कुन्नी फर्की फर्की हेर्दै पर गएर बसे । लक्षिता त बा लाई रोगले चापेको सहज पत्ता लगाई थप कुराकानी गर्न बृद्धाश्रम प्रमुख कहाँ पुग्छीन । सरकारी स्तरबाट संचालीत बृद्धश्राम भएकोहुदा सिमीत श्रोत साधनबाट धेरै लाई सेवा दिइरहेका छौ । बा को सवालमा उहाँकाृ उपचारमा अलिक ठुलै रकम लाग्ने र उहाँलाई प्रतक्ष निगरानीमा राखी उपचारगर्न श्रोत नभएको भन्ने जानकारी पाए पछि खिन्न हुन्छीन् । उनलाई बेलुका रुममा फर्के पछि झन सोच मग्न बनाउँछ । मन मनै सोच्छीन ति बा को लागी मैले केहि गर्न सक्छु की भनि ल्याटप खोली गुगल सर्च गर्न थाल्छीन । जहाँ उन्ले सम्पुर्ण औधषी उपचार सहितको सेवा प्रदान गर्ने बिज्ञापनलाई हाइलाट गरेका थुप्रै बृद्धाश्रमको पेज फेला पार्छिन । ति मध्ये एक को पेजमा गई बिस्तृत कुरा बुझन खोज्छीन । केहि रकम ड्यायसँग आफनै लागी भने माग्छु केहि मेरो सेभ मनीबाट चलाउँछु जसरी पनि बा लाई यो एल्डर्ड होममा भोली नै सिफट गर्छु । यहि सोचि एल्डर्ड होममा मेल पठाउँछीन् । लक्षिता केहि रिलिफ महशुस गर्छिन । उनी हिजोमात्रै सकेको स्केजलाई एकटकले हेर्छीन जहाँ उनै बा उसै गरि उनलाई हेरी रहेका पाउँछीन । उनलाई अचम्म लाग्छ ति बासँग को भेटबाट श्रृजित अबश्थाले । के कोही कसै प्रती यति छोटो जे पनि गर्न तयार हुने अबश्थामा पुग्न सक्छ रु के कोही अपरीचीत ब्यक्तीको जिवनी सुनेकै भरमा एती नजीक हुन सक्छ रु किन मेरो स्केज आफसे आफ उनको आकृती तर्फ डोरीन्छन् रु यि र यिजस्तै तमाम प्रश्न उनको मनमा मडारीन थाल्छ । उक्तर पनि स्वमबाटै पाँछीन मानबताको नाता पनि रगतको नाता भन्दा कम हुदैन । यो कुराले पुर्णरुपमा कन्मीन्स हुन्छीन लक्षिता ।
यसरी ति बा लाई लक्षिताले सुबिधासम्पन्न् एल्डर्ड होममा सिफट गर्छिन । त्यहा सबै सेवा सुबिधा राम्रैसँग पाइरहेका छन ति बा ले र पनि लक्षिता प्रत्येक दिन खाना खुवाउन आफै पुग्छीन बा लाई पनी उनको हातको खाने बानी परिसक्यो । यि दुईको सम्बन्ध पुर्ब जन्मकै पो हो की रु लक्षिताको अधिकास समय यि नै बा सँग बित्ने भएकोले पनि हो ति बा पनि एक छिन लक्षिता आउन ठिला भए यता उता आँखा डुलाएर खोज्न थाल्छन । जब लक्षिता यि बा लाई अन्जुली भरी ललिपप ल्याएर हालिदिन्छीन बा फुरुङ्ग हुदै लक्षिता तर्पm नजरलाउँदै ललिपप चुस्न थाल्छन् । एउटा गजबको लिङ्क भनौ या कनेक्सन छ यि दुइमा ।
आज लक्षिता निकै खुसी देखिन्छीन् । उनी आफुले ठुलै सफता हात पारेको महशुस गरि रहेकी छिन् । किनकी बितारै बिस्तारै ति उनका आफनो परिवारको बरे केही भन्न सक्ने भएका छन् । हो ति बा बिस्तार ठिक हुदै छन् । लक्षिता किस्तीभरी मिठा मिठा खाने कुरा र टन्नै ललिपप लिएर बा भएको ठाउँमा आउँछी गम्लङ्ख अंगालो हाल्छीन र बा जिल्ल पर्छन । ल भुल्नु भो मैले हिजै भनेको हैन म बिहानै तपाईको मुख हेर्न आउँछु भनेर आज बा को मुख हेर्ने दिन हो नी त । ति बाको अनुहार मलिन हुदै जान्छ । आँशु परेलीको डिलबाट टिल्पील गर्दै हुन्छ । मुटुमा गाँठो पार्दै ति बा बोल्छन् नानी तिम्रो बा छैनन हो रु यो सुनेर लक्षितालाइ पनि चसक्क हुन्छ । उनि आफनो मोबाईल निकाल्दै आज तपाइलाई मेरो बा सँग कुरा गराउँ छु है । उहाँहरु अमेरीका बस्नु हुन्छ । महेश फोन रिसिभ गर्छ हाइ बेटा।।। आफनै स्वभाबमा आज बा को मुख हेर्ने दिन महेश हाँसोको फोहोरा छुटाउँदै यु कल मी बा ।।।।।पुन हाँस्न थाल्छ किन हजुरलाई मैले बा भनेको मन परे हो महेश केहि सम्हालीदै नो नो यीट्स ओके फ्रस्ट टाइम तिम्रो मुखबाट बा सुने नी त । बा हजुर त आफनो बा लाई बिर्सिसक्नु भो होला हगी रु महेश असमनजस्यमा पर्छन र कुरा मोडन खोज्दै अ।।।।।।।।ओके होवेर इज माई गिफट बेटा । बा मैले हजुरको लागि स्पेसल गिफट रेडि पारेको छु । बा मैले दिएको गिफट मन नपरे पनि नरिसाउनु ल बिस्तारै मोबाइलको क्यामेरा ति बा तर्फ फर्काउँछिन जब महेशले क्यामरामा ति बृद्ध लाई देख्छन् उनको मुखबाट अनायसै बा शब्द निस्कन्छ । लक्षिताको बोलीमात्र सुनिन्छ हो तेहि अल्जाइमरले थलिएका बा जस्लाई उहाँको छोराले चाँडै लिन अउँछु भनि हात भरी ललिपप थमाएर कहिल्यै फर्केनन् । महेश आँखाबाट आँशु झार्दै ओठ कमाई रहेको हुन्छ ति बा पनि क्यामरामा देखिएका महेशलाई चिनेझै नियाल्दै बिस्तार हात अगि बढाउँछन् ति बा का पनि उसरी नै आँखा रसाएको छ ओठ काँपेको छ ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...