काठमाडौं ।पछिल्लो पटक हरर चलचित्र ‘घर’ निर्देशन गरेका अर्पण थापाले अर्को एउटा नेपाली कथानक चलचित्र ‘तीन जन्तु’ तयार गरेका छन । ओ एस आर डीजीटलको युटुव च्यानल मार्फत चलचीत्र तीन जन्तु को टिजर रिलिज गरिएको छ ।
२०३० को एक रात, दुई चोर, दुई वटा बाकस, क्राइम थ्रिलर कथा चलचित्रको टिजरमा देख्न सकीन्छ । सौगात मल्ल, अर्पण थापा, रोविन तामाङ र सृष्टि श्रेष्ठलाई मुख्य कलाकार को रुपमा देख्न सकीने चलचीत्र तीनजन्तु को टीजरमा पैसाको लुटपाटका पछाडि चलचित्रको कथा केन्द्रित रहेको अनुमान सहजै लगाउन सकिन्छ ।
अर्पण थापाले निर्देशन गरेको चलचित्र ‘तीन जन्तु’ १ जनवरी २०२१ लाई रिलिज डेट तोकिएको छ ।