Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

नेटवर्क ब्यबसाय ठगी ,होइन अबसर हो

CineKalaCineKala 14 Oct 2020

सिने कला । म एक व्यबसायिक मान्छे हुँ, मैले आफ्नै देशमा केही गर्न पाउनु मेरो अधिकारको कुरा मात्र होइन कि यो देशको म प्रतिको दायित्व पनि हो । मेरो बाच्ने अधिकार मेरो मात्र होइन यो राज्यले मलाइ बचाउने दायित्व राख्नु पर्छ र मलाइ लाग्छ राख्छ पनि । देश कैले के समस्या कैले के समस्याले चपेटामा परेको छ । भुकम्प, बाढी, पहिरो, कोरोना जस्ता घातक प्राकृतिक र कृतिम दुबै भएबह बाट गुज्रिरहेको छ । मानिस हरु खान बस्न घुम्न पाउने अधिकार बाट यसरी बन्चित भएको छ कि लाग्छ २/४ बर्षमा लाखौ मान्छेले अकालमै ज्यान गुमाउदै छन ।
यस्तो परिस्थिमा हामी जस्ता ब्यबसायमै लागेका केही गर्न खोजिरेको मानिसले बिकल्प खोज्नु मैले नराम्रो मान्दिन। यस्तै बिकल्पमा पर्दछ Online Networking Business । देशमा बेरोजगार, महङ्गीले एउटा हद नागिसकेको यो अबस्थामा हामी जस्तो व्यावसायि ले फरक खाल्को ब्यबसायमा हात हाल्नु गलत होइन अबसरको सदुपयोग हो ।
विश्व नेटवर्क जमनामा छ , तर हाम्रो देश नेपाल अझै त्यै डड्डा पल्टाउदै छौ । यति सम्मकि नेट्वोर्क बाट काम गर्दा घुस खान पाइन्न र सक्किन भन्ने मानसिकताले ग्रसित कर्मचारी सरकारी हाकिम डड्डा पल्टाउन नै मजा मानिरहेका छ्न ।
यो अबस्थामा देशले नेटवर्क कम्पनिलाइ बुज्न नसक्नु देशको लागि ठूलो घाटा त छदैछ जनताले पाएको त्यो अबसर पनि गुमाउने अवस्थामा छ , जस्को जबाफदेही न सरकार छ न सरोकार वाला नै छ । हाम्रो जस्तो मुलुकमा या भनम हाम्रो जस्तो सरकारी निकायमा रहेका नेता, कर्मचारी अन्य ब्याक्तित्वले नेट्वोर्क कम्पनी को धारणा अबधारणालाइ नबुजी हचुवाको भरमा याक्सन लिएको देख्दा लाग्छ देश अझै डड्डा युगमा छ ।
अचम्मको कुरात के छ भने यतिबेला नेपालमा युटुब, फेस्बुक , इनस्टा , टिक्टक कुनै पनि कम्पनी नेपालमा दर्ता छैन तर यस्तै फेस्बुक र युटुब मा नेताहरुनै उफृ उफृ अन्य नेटवर्क कम्पनीको धज्जी उडाउन खोजिरहेका छ , उनिहरुलाइ यो पनि थाहा छैन कि म जुन ठाउँ मा बसेर बोल्दै छु त्यो ठाउँ पनि इलिगल हो भन्ने पत्तो पाउदैनन , अनि हामी जन्ता हो ठिक भन्यो भनेर ताली पिटिरन्छौ ।
सरकारले जसरी आज आइफोन स्याम्सुङ नेपालमा भित्रीदा कर तिर्न लगाएर प्रत्यक जनताको घरमा फोन पुर्याइरहेको छ त्यसै गरि सोही मोबाइल मा चल्ने नेट्वोर्क कम्पनिलाइ पनि कर को दायरामा ल्याउने र सहज प्राबाधान बनाउने हो भने हरेक नेपालिले गरिरहेको नेटवर्क ब्यबसाय कमाएका आम्दानि को २५ प्रतिशत सम्म खुसिले कर तिर्नेछ्न र बिदेशी रहेको अर्बौ रुपिया नेपाल मा सहज रुपमा भित्र्याउन सकिन्छ , हाम्रो जस्तो मुलुकमा आज नुन देखि सुन सम्म बाहिर बाटै आयात गर्नुपरेको अबस्था छ भने नेटवर्क कम्पनी त झन सिधा जनताको हात मा आइपुगेको छ र हरेक जनता या भनम हरेक ब्यबसाय नेटवर्क कम्पनी मा लागेर ठगी होइन अबसरको रुपमा लिएर देशलाइ कर तिरेर आफुलाइ अभिबृद्दी गर्न चाहान्छ । यस्तो अबसरलाई सरकार्ले वन्देज गराउने होइन निश्चित दायर तोकेर कर को ब्यबस्था गर्ने हो भने युटुब, फेसबुक, अन्य नेटवर्क कम्पनी बाट देशले प्रचुर आम्दानि गर्न सक्छ ।
देशमा भएको खर्बौ खर्ब भ्रष्टाचार देख्न नसक्ने तर जनताले पाएको अबसरलाइ सिधै ठगी भनेर लाल्छन लागाउने हाम्रा देशका नेता बुद्दी जिवि हरु अझै कति कम्जोर छन भन्ने सिदै देख्न सक्छौ । विश्व को बिकास को बारेमा उनिहरुनै चर्चा गरिरहेका हुन्छ तर विश्व को प्राय देश मा लिगल तरिकाले नेटवर्क लाई बिकास गरिरहेको वेला हाम्रो देशमा भने अनाबश्यक तर्क दिएर जनताले प्रत्येक्ष पाएको अबसर मेटाउने प्रयास भै रहेको छ ।
नेट्वोर्क कम्पनिमा सहजरुपमा चल्ने बिट्क्वाइन, कृप्टो करेन्सी, मास्टरकार्ड लाई नेपालले बन्द गरिरहेको छ तर बिश्वोमा त्यही चिज प्रयोग र कानुनी हिसाबले प्राबधान बनाएर जनतालाइ प्रत्यक्ष मुनाफा दिने काम सरकारी तह बाट नै सहज गराएको छ । सोही प्रक्रिया हाम्रो जस्तो गरिव मुलुकमा त झन अत्याधिक आबश्यक छ जस्को कारण जनताले या ब्यबसायिले सहज र भरपुर आम्दानी गर्न सक्छन तर उनी हरुले आम्दानी गरेको रकम बाट देशलाई कर तिर्न पनि चाहान्छन तर देश र देश रहने सरकार लाचार छ ।
आज यहि नेटवर्क कम्पनिहरु सङ्ग सरकार्ले अनुगमन शुरु गरेर आफ्नो जनताले प्रयोग गरिरहेको कम्पानी को हरेक हिसाब हाम्रै मुलुकमा रहेका बैंक हरुमा सहज ढङ्गले सुबिधा दिने प्राबधान बानए मात्र पनि बिट क्वाइन, कृप्टो करेन्सी, मास्टर कार्ड्को आबश्यक पर्दैन ।
आजको दिनमा बिदेशमा गएको नेपालिले बैंक बाट पैसा नपठाइ हुन्डी बाट किन काम गरिरहेका छन यो बुज्न जरुरी छ किनकि बैंकिङ प्राबाधान झन्जटिलो र महङ्गो भएकै कारण मानिसहरु हुन्डि प्रयोग गरिरहेका छ्न । हो त्यसैले सहज ढङ्गले नेटवर्क कम्पनिलाइ पनि हाम्रै मुलुक को बैंक सङ्ग जोडिदिने हो भने मात्र पनि युटुब, फेस्बुक अन्य नेटवर्क कम्पनी बाट कमाएका रकम पनि आफ्नै मुलुकको बैङ बाट निकाल्ने गर्दछन जस्को कारण मुलुकमा आम्दानी पनि बढ्नेछ र जनता या ब्यबसायिले आरामले बुजाउनु पर्ने कर बुजाउने छन ।
हामिले लगाएको कपडा कुन देशमा बनेको थाहा छैन , हामिले बोकेको फोन कहाँ कहाँ बाट आउँछ थाहा छैन , हामिले दैनिक जिवनमा प्रयोग गर्ने प्रत्यक सामान कुन देशको थाहा छैन तर सबै चीज देशमा कर तिरेर भितृएको छ भने नेटवर्क कम्पनी भित्रीदा आज आपत्ती के , हातमा भएको मोबाइल चलाएको भरमा मान्छे ले पैसा कमाएका छ्न , एउटा भिडियो बनाएको भरमा पैसा कमाएका छन हो यसरी नै कामएको पैसा सरकारले प्राबधान बनाएर अगाडि बढाए देश लाई घाटा कहाँ नेर छ ? कर तिर्छु भन्दा तिर्न नपाउने उल्टै जेल बस्नु पर्ने यो कस्तो लोकतन्त्र ? जनताले पाएको यो अबसर बाट मुक्त गराउन खोज्नु न्याय होइन अपराध हो ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...