Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

कक्षा १२ को परीक्षा कोरोनाका कारण समय यती घन्टा मात्र

CineKalaCineKala 1 Nov 2020 कक्षा १२ को परीक्षा कोरोनाका कारण समय यती घन्टा मात्र

cinekala ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ ।

जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

अघिल्ला वर्षमा ८० पूर्णांकको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ । विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको संख्या घट्नेछ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...