Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

सिनेमाघर खुलेपनि आएनन् दर्शक, निर्माता अन्योलमा

CineKalaCineKala 3 Nov 2020 सिनेमाघर खुलेपनि आएनन् दर्शक, निर्माता अन्योलमा

cinekala भारतमा कोरोना भाइरसको कारण बन्द भएका सिनेमाघर खोल्ने अनुमति दिएको धेरै भयो । तर, दर्शकको भने हलमा शुन्य उपस्थिती छ । शहर–शहरमा भएका सबै मल्टी प्लेक्समा एक दुई शो नियमित हुने भएपनि दर्शकहरु भने आउन सकेका छैनन् ।

भारतमा फिल्म देखाउन कोही तयार नै छैनन् । दर्शक नै फिल्म हेर्न आउदैनन भने फिल्म निर्माताहरुले पनि हिम्मत गर्न सकेका छैनन् । जुन जुन शो चलिरहेका छन् त्यहाँ दर्शकहरु गन्न मिल्ने सख्यामा फिल्म हेर्न पुगेका छन् । सिनेमा घरको बिजुलीको पैसा पनि उठ्न नसकेको फिल्म हलहरुले गुनासो गरिरहेका छन् । फिल्म हलको यस्तो हालत देखेर ठुला फिल्म निर्माताहरुले पुरै क्षमताको साथमा फिल्म देखाउन अनुमति दिएमा मात्र प्रर्दशन सुरु गर्ने मुडमा पुगेका छन् ।

के कोरोना कै कारण दर्शकहरु हलमा नआएको हुन् त भन्ने बारे अन्यौल छ । अब जब ठुला फिल्म र ठुला स्टारको फिल्मले हलमा प्रर्दशन गर्ने अनुमति लिए भने मात्र वास्तवमै दर्शक सिनेमाघरमा आउन डराएका हुन् वा होइनन् भन्ने पत्ता लाग्नेछ । यदि त्यो समयमा पनि दर्शक हलसम्म आउन सकेनन् भने कोरोनाको डर कायम रहेछ भन्न सकिनेछ ।

सेनिटाइजर र सरकारको गाइडलाइनको फलो गर्नु कसैको बसको कुरा हुँदैन । केही फिल्म हलका मालिकहरुले बिजुलीको खर्चको पैसा उठाउन नसकेको समयमा सेनिटाइजरको खर्च उठाउनु त परेको कुरा हो । धेरै फिल्महल खुलेको नाममा ढोका मात्र खोलेर बसेका छन् ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...