Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

तिहारबारे नेवार समुदायमा अन्योल

CineKalaCineKala 12 Nov 2020 तिहारबारे नेवार समुदायमा अन्योल

cinekala गत वर्षझैं यस वर्ष पनि नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने दिनबारे अन्योल छाएको छ । तर, नेपाल संवत् ११४१ नयाँ वर्ष मनाउने विषयमा सबै सरोकारवालाको एकमत रहेको पाइएको छ ।

नेपाल भाषामा ‘स्व’ भनेको तीन र ‘ति’ भनेको तिथि अर्थात् तीन तिथिको समयमा मनाउने पर्व भएकाले स्वन्ति नखः भनिएको संस्कृतिविद्हरुको भनाइ रहेको छ । यसपटक लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा ९भाइटीका० कात्तिक २९, ३० र मंसिर १ गते मनाउने कि कात्तिक ३०, मंसिर १ र २ गते भन्नेमा अन्योल उत्पन्न भएको हो ।

तिथिमितिअनुसार पर्व मनाउने विषयमा परम्परादेखि नेवाः समुदायमा दुईखाले विधि वा मतबाट प्रभावित रहेको पाइएको छ । जुन दिन वा तिथिमा सूर्योदय भयो, त्यही तिथिलाई दिनभर लागू भएको मान्यताअनुसार पर्व मनाउने एउटा विधि र अर्को मत भनेको तिथि सकिन साथ बिहान, बेलुका जुनसुकै समयमा सोहीअनुसार पर्व मनाउने । कुन विधिलाई कसले मान्ने भन्ने मुख्य प्रश्न रहेको यस विषयमा सञ्चारमाध्यममा निरन्तर बहस चलाइराखेका सञ्चारकर्मी श्रीकृष्ण महर्जनले बताए ।

परापूर्वकालदेखि नै काठमाडौंमा तिथिमितिको सवालमा जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार मनाउँदै आएका छन् । त्यसै गरी भक्तपुरमा भक्तपुरको तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार पर्व मनाउँदै आएका छन् । उपत्यकाका तीनवटै केन्द्रले फरक फरक दिनमा स्वन्ति नखः मनाउने भएपछि जनस्तरमा यसखाले अन्योल सिर्जना भएको हो ।

जनबहालका पुजारी नीलकाजी शाक्यले सूर्योदय जुन तिथिमा पर्छ त्यही तिथिलाई दिनभरि मान्ने चलन भएअनुसार आफूहरुले कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म तीन दिन लगाताररुपमा लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गर्नुपर्ने बताए ।

काठमाडौंको जनबहाल सेतो मच्छिन्द्रनाथको धार्मिक पूजामा गणना गरिने तिथि र परम्परालाई आधार मानेर विशेषतः काठमाडौं केन्द्रीय विभिन्न जातीय समाज, खलः पुच र संघसंस्था, काठमाडौंका संस्कृतिविद्, ज्योतिषी, वज्राचार्य गुरुजुहरुको कात्तिक ३०, मंसिर १ र २ गते मनाउन आग्रह गरेको छ । बिहान सूर्योदय हुँदा जुन तिथि परेको हो सोहीअनुसार पर्व मनाउने परम्परा रहेको उल्लेख गर्दै संंस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले भने– ‘बिहान चतुर्दशी भनेर कुकुर पूजा गर्ने र बेलुका औंसी परेको भन्दै लक्ष्मी पूजा गर्नु उचित हँुदैन । बिहान चतुर्दशी र बेलुका औंसी परेकोे रातलाई कालरात्रिलाई भनिन्छ । कालरात्रिमा लक्ष्मीलाई पूजा गरिँदैन ।’

भक्तपुर र ललितपुरमा क्रमशः तलेजु र हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथि र सोही आधारमा प्रचलित परम्पराअनुसार कात्तिक २९, कात्तिक ३० र मंसिर १ गते स्वन्ति नखः मनाउनेछन् । ललितपुरका १९ वटा जातीय समाज र नेपाल भाषा मंका खलः ललितपुरका पदाधिकारीसहित ज्योतिषी, संस्कृतिविद्, वज्राचार्य गुरुजुको बसेको संयुक्त बैठकले कात्तिक २९ गते लक्ष्मी पूजा, कात्तिक ३० गते म्हः पूजा र मंसिर १ गते किजा पूजा गर्ने निर्णय गरेको छ ।

हिरण्यवर्ण महाविहार क्वाबहाः परम्परागत पात्रोलाई आधार मान्दै बैठकले सो निर्णय गरेको बताइएको छ । कात्तिक २९ गते शनिबार दिउँसो १ बजेदेखि औंसी परेको उल्लेख गर्दै सोही दिन लक्ष्मी पूजा गर्ने भनेको छ ।

त्यसै गरी कात्तिक ३० गते आइतबार बिहान ११ बजेर २८ मिनेटपछि प्रतिपदा तिथि परेकाले म्हःपूजा र मंसिर १ गते सोमबार बिहान ९ बजेर १३ मिनेटपछि द्वितीया परेको जनाउँदै किजापूजा (भाइटीका) गर्ने बैठकले निर्णय गरेको हो । सबै जातीय समाज सम्मिलित न्हूदँ समारोह समिति ललितपुरले विगतको परम्परा, प्रमाण र शास्त्रीय मतअनुसार स्वन्ति नखः मनाउन आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट साभार

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...