Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • सचिन रौनियारको ‘जोगी भए’मा कार्टून क्रुज (भिडियो)

    CineKalaCineKala 15 Nov 2020

    Cinekala:

    नेपाली सांगितिक क्षेत्रमा झण्डै ३ दशकको यात्रा पार गरिसकेका लेजेण्ड गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’को भिडियो सार्वजनिक भएको छ ।

    लोकप्रिय डान्सिङ क्रिउ कार्टुन्ज क्रिउ’का सरोज अधिकारी र आश्मा विश्वकर्माको डान्स र अभिनय रहेको भिडियोलाई सरोज अधिकारीले नै निर्देशन् गरेका हुन । भिडियोमा पवन सुस्लिङको छांयाकन तथा सम्पादन रहेको छ भने आश्मा विश्वकर्मा र पेम्बा मगरको कोरियोग्राफी रहेको छ ।

    गीतमा उनलाई अहिलेकी लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन । गीतमा चर्चित संगीतकार दिपक शर्माको संगीत, बेनु प्रसाद मैनाली ‘इट्टाघरे’ शब्द र उदय राज पौडेलको एरेन्ज रहेको छ ।

    वि स २०४२ सालबाट आफ्नो सांगितिक यात्रा शुरु गरेका गायक सचिनले केही समय सांगितिक क्षेत्रबाट बिश्राम लिएपछी १२ वर्षपछी फेरी उही युवा जोशका साथ पुन यस् क्षेत्रमा दरिलो कम्ब्याक गरे । त्यसपश्चात ए मान्छे’बोलको गीतले करोड कल्बमा प्रवेश गर्दै निकै नै चर्चा कमाएको थियो । त्यस पछी निरन्तर ‘माया सरर’, ‘कुकुकु (यो बनमा छैन न्याउली कराउदैन)'(रिमेक) लगायत थुप्रै गीतहरु दर्शक श्रोता माझ लोकप्रिय बनिसकेका छन ।

    यस् बाहेक पनि अझै धेरै सांगितिक कोसेलीहरु आउँदो दिनमा आफ्ना दर्शक श्रोता माझ पस्किदै जाने र पहिलाको गीतहरु झैँ माया गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा गायक सचिन रौनियारले तेजनेपाललाई बताए ।

    भिडियो कार्टुन क्रिउजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...