Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

विश्वभर दैनिक ६ लाख भन्दा बढी कोरोना सक्रमित थपिदै

CineKalaCineKala 20 Nov 2020 आज ३ हजार ५१ कोरोना संक्रमित थपिए

Cinekala बिहिबार कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख थियो । बितेको २४ घन्टाभित्र ११ हजारको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख ६५ हजार ६ सय ९५ को मृत्यु भएको छ । विश्वभर ३ करोड ९७ लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ६१ सक्रिय संक्रमित छन् ।

अमेरिकामा एकै दिन २ लाखभन्दा बढी संक्रमित संख्या थपिएको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा एक करोड २० लाख ७० हजार कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९० लाखसंक्रमितमध्ये एक लाख ३२ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ८३ हजार संक्रमितमध्ये एक लाख ६८ हजारको मृत्यु भएको छ ।
यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख ८६ हजार संक्रमित संख्यामध्ये ४७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

रुसमा २० संक्रमितमध्ये ३४ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ७४ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ । इटालीमा १३ लाख संक्रमितमध्ये ४७ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख १५ हजार २० जना कोरोना संक्रमितमध्ये १२ सय ७६ को मृत्यु भएको छ

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...