Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

काठमाडौका यी मुख्य स्थलमा यौन खेलौना पसल, दैनिक सयौँ ग्राहक, महिला कति ?

CineKalaCineKala 20 Nov 2020

Cinekala राजधानी काठमाडौ मुख्य स्थलमा रहेका केही होडिङ बोर्ड र भित्र राखिएका पसलका सामानले के यो प्रश्न नगर्ला ? यो रूढिवादी समाजमा सांस्कृतिक विचलन की क्रान्ति ? हो यही प्रश्नले हामी यसको केही खोजी गर्न लाग्यौँ ।

तर आजको दिनसम्म आइपुग्दा नेपालमा खेलौनामा नेपालीको दिलचस्पी बढ्दै गएको पाइयो । नेपालको राजधानी काठमाडौका प्रमुख बाजार बीचबीचमा रूढिवादी समाजमा सांस्कृतिक क्रान्तिको दृष्य देखिन्छ । अझै यो यस्तो समाज जुन तस्विरमा देखिएका चित्र र त्योसँग जोडिएका क्रियाकलापका बारे सार्वजनिक चर्चा अझैपनि हुन सक्दैन ।घरमा सबै परिवार बसिरहेका बेला परिवार नियोजनका साधनको विज्ञापन आयो भने अझैपनि परिवारका सदस्य रातोपिरो भएर मुख लुकाउँछन् । तर यो खेलौनाको ब्यपार भने गज्जब भइरहेको छ । मञ्जीत पौडेल र प्रवीण ढकालको खेलौना पसलमा हामी पुग्दा अनौठो क्रान्ति भइसकेको देखियो । उनीहरुले महिला पुरुषको खेलसँग सम्बन्धित कृत्रिम खेलौना बेचेर नै लाखौ कमाइसकेका छन् ।

केही बर्ष पहिलेदेखि यी पौडेल र ढकाल मिलेर ‘स्वीट सीक्रेट’ नामको एक पसल खोलेका थिए । यो नेपालको वैधानिक पसल हो । जसले शहरमा होडिङ बोर्ड राखेर नै कपडा पसल चलाए जस्तै खुलेर राखेको छ । जब की छिमेकी मुलुक भारतमा धेरै कुरा बैधानीक छ तर यो पसल बैधानिक छैन । यो पसलमा यस्तो राम्रो ब्यपार छ की उनीहरुले अरु शहरमापनि शाखा विस्तार गरिसकेका छन् । उनीहरु देशका विभिन्न शहरमा यस्ता पसल सुरु गर्ने तयारीमा छन् ।

यस पसलमा ठूलो आकारका गुडियादेखि अनौठा र बलिया खालका खेलौना छन् । उनीहरुले परिवार नियोजनका विभिन्न भेराईटीका साधनहरुपनि राखेका छन् । यसबाट राम्रो कमाई भएको उनीहरुको दावी छ ।

दैनिक १०० ग्राहक आउछन् १० जना त महिला नै हुन्छन्

यो पसलबाट निक्कै राम्रो आम्दानी छ । प्रवीण ढकाल बताउँछन् अहिले हरेक महिना तीन देखि चार लाख सम्मको ब्यपार छ । यो पसल खोल्दा सुरुमा हामी निक्कै चिन्तित थियौँ । राज्यबाट अनुमति त लिइयो । कतै यसको बिरुद्धमा प्रर्दशन पो हुने हो की । यसलाई बन्द गर्न अनेकौ उल्झन पो आइपर्ने हुन् की भन्ने चिन्ता थियो । तर त्यो चिन्ता मनको चिन्ता मात्र बन्यो हामीलाई केही समस्या आइपरेन । अब त बर्षौ बिताई सकियो । समस्या टर्यो ढकालले भने ।

कम्पनी दर्ताको समयमा केही झमेला खेप्नु परेको थियो । यसको सम्भावना र लाभका बारेमा राज्यका अधिकारीलाई निक्कै बतायौँ । ढकालले भने त्यसैले दर्ता गर्दा प्रवन्ध पत्र, नियमावलीमा नै उल्लेख गरेर “विभिन्न प्रकारका कृत्रिम पुरुष र महिला अंगयुक्त खेलौना आयात गर्ने, त्यसलाई नेपाली बजारमा बेच्ने । हुन त दुनियाँका धेरै देशमा यस्ता खेलौना बिक्रि भइरहेका छन् ।

‘स्वीट सीक्रेट’ नामक पसल शहरका मुख्य मुख्य स्थानमा छन् । तर ग्राहक भने सुटुक्क आउँन खोज्छन् । ढकाल बताउछन्, “काठमाडौमा हाम्रो पसलमा मात्र दैनिक १०० भन्दा बढी ग्राहक आउँछन् । यसमा १० प्रतिशत महिला ग्रहक नै हुन्छन् । जो ग्राहकलाई पसलमा नै आएर किन्न अप्ठ्यारो लाग्छ उनीहरुलाई अनलाई न सेवा दिइएको छ । ढकाल भन्छन् एक तिहाइ अर्डर त अनलाईन नै आउँछ र होम डेलिभरी नै हुन्छ ।

यो त एउटा पसलको आँकडा हो । अब यस्ता पसल कयौँ भइसकेका छन् । यसलाई आधार मान्ने हो भने दैनिक हजारौ संख्यामा खेलौना बिक्रि हुन थालिसके ।

ग्राहक प्रोफाइल
मञ्जीत पौडेल बताउछन् की, “पसलमा आउँने ग्राहक धेरैजसो ३० बर्ष आसपासका हुन्छन् । पुरुषले भ्राइब्रेटर र गुडिया किन्छन् । महिलाले अंग खरिद गर्छन् । पौडेलका अनुसार धेरैजसो ग्राहक यस्ता हुन्छन् उनीहरुका जीवनसाथी कोही न कोही देश बाहिर हुन्छन् महिलाले किन्छन् भने पुरुष विदेश गएका हुन्छन् ।

पुरुषले किनिरहेका छन् भने कि उनीहरु अबिबाहित छन् की उनीहरुका श्रीमती देश वा आफु बसेभन्दा बाहिर छन् । यति मात्र हैन । विदेशमा भएका श्रीमानले फोन गरेर घरमा भएकी श्रीमतीका लागि खेलौना अर्डर गर्छन् । फोन र अनलाईन अर्डर अनुसार उनीहरुले घरमा सामान पुर्याईदिन्छन् । आधिकारीक आँकडा अनुसार २० लाख भन्दा बढी पुरुष विदेशमा छन् । उनीहरुका संगिनी नेपालमा छन् । यसले अचुक काम गरेको विश्लेषण छ ।

सामाजिक पहल
यो व्यपारले समाज बिगार्नुभन्दा केही सहज बनाएको आँकलन गरिन्छ । बाध्यताको सारथी सावित बनेको बताइन्छ । तर केही बिरोध गर्नेहरु भने छन् । नेपाली संस्कृति जानकार मुकुन्द राज आर्यल भन्छन्, “यो स्वाभाविक हो उमेर पुगेका युवा युवतीहरु बन्धनमा बाधिँएपछिपनि विदेश जानु परेको छ ।

लामो समयसम्म एक्ला एक्लै रहनु परेको छ त्यस्तो समयमा यो एकदम कामलाग्दो बनेको छ । यो सामग्रीले त्यस्ता व्यक्तिलाई सहयोग गरिरहेको छ । जसले परिवारबाट टाढिएकाहरुका लागि सारथीको भूमिका खेल्छ । त्यसले एक अर्काबीचको प्रेम कायमै राख्दछ ।

सम्बन्ध विच्छेद वा समाजमा गलत कार्यलाई नियन्त्रण गरेको छ । आर्यल भन्छन् अहिले नेपालमा उपभोक्तावादी संस्कृतिको द्रुत गतिमा विकास भइरहेको छ । रुढिवादी सोच र संस्कृती पराजित हुँदै गएको छ । त्यसकै एक उदाहरण हो स्वीट सीक्रेट ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...