Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

नकुल कार्किको ‘मेरो साथ’ सार्वजनिक

CineKalaCineKala 6 Dec 2020 नकुल कार्किको ‘मेरो साथ’ सार्वजनिक

cinekala गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो ।

त्यस ठाँउमा बिजुली नभएको र बस्नका लागि होटेल रेष्टुरेण्ट पनि नभएको तर पनि जे जसो दु:ख गरी त्यस ठाँउलाई पर्यटकिय हिसाबले नेपालको ठाँउ भनेर चिनाउन खोजेको टिमको भनाई छ ।

भिडियो धेरै दु:ख गरेर बनाएको र केही नयाँ होस र नेपालको यस्तो दुर्लभ अनी रमणीय ठाँउहरुको पहिचान होस् भन्ने उद्देश्यले आफुहरुले गरेको काममा सन्तुष्ट रहेको भिडियो कि मोडेल तथा निर्देशक यमुनाले बताईन । साथै आफुलाई यस् कामका लागि साथ सहयोग दिनु हुने सम्पूर्ण टिमलाई पनि धन्यवाद प्रकट गरिन ।

भिडियोमा अमन मगरको छांयाकन तथा सम्पादन रहेको छ । स्वयम गायक कार्कीकै एरेन्ज रहेको गीतलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टटिङ गरेका हुन ।

अडियो भिडियोलागी आफुलाई सहयोग गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष व्यक्तीहरुलाई र रप्रविन श्रेष्ठ, प्रशान्त तमाङग, मुना श्रेष्ठ, समिर खान लगायतलाई मनैदेखि नै धन्यवाद दिन चाहेको कुरा गायक नकुल कार्किले बताए । साथै दर्शक श्रोताले पनि आफ्नो गीत र भिडियोलाई पहिलेको गीत र भिडियो जस्तै माया गरिदिनु हुन्छ भन्ने कुरामा आफु विश्वस्त रहेको कुरा गायक कार्कीले बताए ।

गायक नकुल कार्किको यस् अघि पनि ६ वटा एल्बम तथा दर्जनौ भिडियोहरु बजारमा आईसकेको छन ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...