Generic selectors
Exact matches only
Search in title
Search in content
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड
  • खुइलीलाई देउता चढेपछि ‘झाँक्री’ले यसरी गरे उपचार

    CineKalaCineKala 18 Jan 2021

    रोगव्याधी लाग्दा धामीझाँक्री लगाउने नेपालको मौलिक परम्परा हो । अहिलेको वैज्ञानिक युगमा धामीझाँक्रीले फुकफाक गर्ने तरिका सही हो वा गलत हो भन्ने विषय बहसको फरक पाटो हो । तर, यो हाम्रो कला, संस्कृति तथा परम्पराको महत्त्वपूर्ण हिस्सा हो भन्ने कुरामा भने दुई मत छैन ।

    यही मौलिक परम्परा जगेर्ना गर्ने उद्देश्यले गायक तथा कलाकार चेत बुढाथोकीले नयाँ झाँक्री गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द तथा संगीत पनि बुढाथोकी कै रहेको छ ।

    यस्तै, टेलिचलचित्र गोलमालका कलाकारद्वय नवीना सिलवाल खुइली तथा पवन खतिवडा म्याकुरीले म्यूजिक भिडियोमा मुख्य अभिनय गरेका छन् ।

    रसिका म्यूजिकले निर्माण गरेको म्यूजिक भिडियोमा निरज कँडेलको छायांकन रहेको छ । सामाजिक विषयवस्तु उठान गरेर बनाइएको भिडियोको सम्पादन क्रान्ती केसीले गरेका हुन् भने भीएफएक्स डेकन पिक्चर्सले गरेको छ ।

    भिडियोका निर्देशक समेत रहेका बुढाथोकीले नेपालको गाउँठाउँमा कुनैबेला प्रचलनमा रहेको धामीझाँक्री लगाउने परम्पराको संरक्षण गर्ने उद्देश्यले यो गीत बनाएको बताएका छन् । संसार वैज्ञानिक युगमा प्रवेश गरेसँगै हाम्रा पुरातात्त्विक तथा मौलिक परम्पराहरु विस्तारै ओझेलमा पर्दै गएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको धारणा उनले बताएका छन् ।

    © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...