Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

माल्दिभ्समा प्रियंका आयुष्मानको रोमान्टिक अवतार

CineKalaCineKala 1 Mar 2021

कोरोनाको कहरको समय बलिउडका धेरै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए । छुट्टी मनाउन भन्दै उनीहरुले माल्दिभ्सको समुद्री किनारमा खिचिएका बिभिन्न तस्बिर समेत सार्वजनिक गरे । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की पनि माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् ।

गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज एनिभर्सरी’ समेत परेको छ । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ ।

गत वर्षको फागुनमा विवाह गरेका प्रियंका र आयुष्मान कोरोना महामारीका कारण हनिमुनका लागि समेत निस्कन पाएका थिएनन् । त्यही भएर होला सायद उनीहरुले अहिले माल्दिभ्समा खुलेरै रोमान्स गरेको तस्बिरमा देख्न सकिन्छ ।

केही अगाडिसम्म नेपाली फिल्मकी नम्बर वान अभिनेत्री बन्न सफल प्रियंका म्युजिक भिडियोमा समेत फाट्टफुट्ट देखिने गर्छिन् । सामाजिक सञ्जालमा समेत निकै फ्यान पाएकी उनले सार्वजनिक गरेको माल्दिभ्सका तस्बिरले अहिले राम्रै चर्चा पाइरहेको छ ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...