Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

उर्लाबारी घटना: मिसिलमा फरक व्यक्तिको फोटो परेको छानविन समितिको निष्कर्ष

CineKalaCineKala 1 Mar 2021

मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला हत्या सम्बन्धमा छानविन गर्न गठित समितीले छानविन सकेको छ । डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको छ ।

संयोजक मानबहादुर राईले छानविन प्रतिवेदन बुझाएको रातोपाटीलाई जानकारी दिएका छन् । मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले प्रविणको मिसिलमा ‘फरक ब्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ ।

पीडितकी बहिनी सदिक्षा बाँस्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक ब्यक्तिको फोटो राखेको दाबी गरेकी थिइन् । समितीले फोटो फरक पर्नुलाई ‘मानविय त्रुटी’ भनेको छ । पुस ५ मा अनुसन्धान शुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खिचेको थियो । उर्लाबारीमा त्यहिबेला करेन्ट लागेर अर्को ब्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा फोटोचाहिँ फरक मान्छेको परेको देखिन्छ’ मोरङका एसपी सन्तोष खड्काले भने–‘दुईवटा पेजमा बाँस्तोलाको र एउटा फोटोचाहिँ करेन्ट लागेको मान्छे परेको देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले सो घटनाको अनुसन्धान गरेका थिए । शुरु अनुसन्धानमा अन्य त्रुटी नदेखिएको दाबी गर्दै एसपी खड्काले भने– ‘काम गर्दा मानवीय त्रुटी हुन्छ, अनुसन्धानमा संलग्न अधिकृतले तत्काल गलत फोटो हटाएर मिसिल पेश गरेको देखिन्छ ।’

पुस ४ मा साथिको डेरामा सुतेका प्रविणको राती हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषण गरे । पोष्टमार्टबाट ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको छ । भिसेरा परीक्षण गर्दा विष खुवाएको पुष्टि भएको छैन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमा ‘बाँस्तोलालाई कर्तब्य गरेर हत्या गरेको हुनाले हदैसम्मको कारवाही हुनुपर्छ’ भन्ने राय सहितको प्रतिवेदन बुझाएको थियो । ‘तात्विक हिसावले घटनामा नै बद्लाव आउने गरी अनुसन्धानमा कमजोरी गरेको देखिएन’ एसपी खड्का भन्छन्– ‘एउटै समयमा दुईवटा घटना भएको हुनाले मिसिल बुझाउनुअघि असान्दर्भिक ब्यक्तिको फोटो पर्न गएको हो, अनुसन्धानमा कमजोरी छैन् ।’

सिरकले नाक–मुख थुनेको निष्कर्ष

बाँस्तोलाले मदिरा पिएको हुनाले उनी बल गर्न सक्ने अवस्थामा थिएनन् । विवाद भएपछि नाक र मुख थुनेर उनको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ–नाक र मुख थुनेर कर्तब्य गरेको देखिन्छ ।’

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...