Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

‘पिएम जोडी’ जोडि उपनाम पाएका मलिका र पललाई फिल्ममा पनि हेर्न पाईने

CineKalaCineKala 1 Mar 2021

एक समय अभिनेता पल शाहको जोडी अभिनेत्री आँचल शर्मासँग दर्शकहरुले निकै रुचाएका थिए । तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा उनीहरुले सँगै काम गरेका छन् । आँचल विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको सहकार्य भएको छैन । अहिले उनीहरुबीच राम्रो सम्बन्ध नरहेको बताइन्छ । आँचलपछि भने पलको जोडी अरु मोडलहरुसँग उतिधेरै रुचाइएको थिएन ।

तर, यतिबेला पलको जोडी अभिनेत्री मलिका महतसँग दर्शकहरुले हदै मन पराएका छन् । लकडाउनको समयमा सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ गीतमा उनीहरुले पहिलो पटक काम गरेका थिए । यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यसपछि ‘पिएम जोडी’ ले ‘टाढा भए पनि’ बोलको गीतमा अभिनय गरे, जुन अहिले चर्चाको शिखरमा छ ।

म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको यो जोडीलाई अब फिल्ममा पनि हेर्न पाइने भएको छ । पल र मलिकाको जोडी बाँधेर ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो बनाएको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर फिल्म निर्माण गर्न लागेको हो । हाल पोखरामा फिल्मको स्क्रिप्टमा काम भइरहेको केन्द्र मोशनका सागर लामिछाने मगरले जानकारी दिए ।

उनका अनुसार, कलाकार तथा निर्देशक माओत्से गुरुङले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्म पनि उनले नै निर्देशन गर्न सक्नेछन् । यस विषयमा मगरले भने- ‘हामीले माओत्से दाईलाई नै निर्देशनको प्रस्ताव राखेका छौं । उहाँले स्क्रिप्ट तयार भएपछि सोच्नेछु भन्नुभएको छ ।’ अबको ६ महिनाभित्र स्क्रिप्टलाई ‘लक’ गरेर छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।

केही दिनमा दुई/तीनवटा स्क्रिप्टको वानलाइन पल र मलिकालाई सुनाइने सागरले बताए । उनले थपे- ‘ती स्क्रिप्ट भएन भने कलाकार, निर्देशक, स्क्रिप्ट राइटर र क्यामेरा म्यानको टिम बसेर अरु स्क्रिप्टमा काम गर्नेछौं । ६ महिनाभित्र ४/५ वटा स्क्रिप्ट तयार पार्नेछौं । त्यसमा जुन स्टोरी ‘ए वान’ लाग्छ त्यसैलाई फाइनल गर्नेछौं । स्क्रिप्टलाई बलियो बनाउन कुनै कसर छाड्ने छैनौं ।’

मलिकाले अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । तर, फिल्म भने चलेन । यसपछि दोस्रो फिल्मको रुपमा उनले ‘पानीफोटो’ मा काम गरेकी छन्, जुन प्रदर्शनको पखाईमा छ । फिल्मबाट सफलता चाख्न नपाएकी उनलाई म्यूजिक भिडियो भने राम्रै फापेको छ ।

  • © 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...