Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

आमा सृष्टिकर्ता नै हुन् !

CineKalaCineKala 11 Apr 2021

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको काठमाण्डौंको मेडिसिटीमा उपचार समेत गरिएको थियो तर उनको त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो । प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सिताको थप उपचारका लागि यसअघि पनि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पत्नी सीता दाहालको उपचारका लागि पुस २० गत मुम्बइ गएका प्रचण्ड तत्कालै नेपाल फर्किएका थिए । यसपछि उनको स्वास्थ्यमा सुधार आएको अनुमान गरिएको थियो ।

तर, उनलाई बिरामी अवस्थामै घर फर्काइएको थियो । लामो समयदेखि बिरामी रहेकी दाहाल पत्नी सीता दाहाल थप उपचारका लागि मुम्बइ लगिएको थियो। यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई पछिल्लो पटक मुम्बइ लगिएको हो ।पत्नी सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्केका थिए ।

प्रचण्डकी छोरी रेणु दाहालले फेसबुकमा आमाको सिकिस्त अवस्थाको तस्वीर राख्दै आमा भनेर दुई वटा लभ इमोजी राखेकी छिन् । उनको स्टाटसमा सर्यौ कमेन्टहरु स्वास्थ्य लाभको कामना गर्दै आएका छन् । तस्वीरमा दुई छोरीहरु आमासँग देखिन्छन् ।सिताको अवस्था तस्वीरमा निक्कै सिकिस्त जस्तो देखिएको छ । सिता दाहालको स्वास्थ्य लाभको कामना।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...