Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यवसायीले दिए निर्माण सामग्री

CineKalaCineKala 12 Apr 2021

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल केही दिनअघि तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा आए । उनी मन्दिर दर्शन गर्न आएका मात्र थिएनन् उनी जनस्तरबाट संकलित रकमबाट चितवनमा निर्माण भइरहेको गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन हिँडेका थिए । मेची–महाकाली अभियानअन्तर्गत सिद्धबाबा आएका उनले मन्दिर व्यवस्थापन समितिका साथै तिनाउका टिपर व्यवसायीसँग सहयोगको अपिल गरे ।

‘तत्कालै एक लाख सहयोग जुट्यो,’ सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले भने, ‘त्योबाहेक समितिका सदस्यसमेत रहेका टिपर व्यवसायी साथीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।’ व्यवसायीले ५३ टिपर नदीजन्य सामाग्री लग्ने प्रतिबद्धता जनाएको उनले बताए । सोही दिन गरेको प्रतिवद्धता अनुसार नेपाली झण्डा र ब्यानर राखेर आइतबार तिनाउका टिपर व्यवसायीले सामग्री चितवन पुर्‍याए ।

रंगशाला निमार्ण सामाग्री सहयोग कार्यक्रमका संयोजक तथा तमन्ना मल्टिप्रपोजका कार्यकारी प्रमुख तोया लम्सालकाअनुसार प्रतिबद्धता गरेभन्दा बढी नै निर्माण सामग्री बोकेका टिपर चितवन गएका हुन् । सबैतिरबाट बुटवल गोलपार्कमा भेला भएका उनीहरुले बालुवा तथा गिट्टी लिएर गएका थिए । झुम्साका व्यवसायी कृष्ण प्रसाद पाण्डेयका अनुसार १५ लाख बराबरको सहयोग सामग्री रंगशाला निर्माणका लागि लगिएको छ । त्यसमा टिपरको भाडा हिसाब गरिएको छैन ।

पछिल्लो समय खेल मैदान निर्माणमा आर्थिक अभाव भएको भन्दै फाउण्डेशनले सार्वजनिक अपिल गरेको थियो । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर शान्ति चोकमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला निर्माण भइरहेको छ ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...