Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

धरहराको उद्दघाटन समारोहमा सञ्चारकर्मी, सुरक्षाकर्मीको भीड

CineKalaCineKala 24 Apr 2021

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहासिक धरहराको उद्दघाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।
तर, पुनर्निर्मित धरहराको उद्दघाटन मा भीड लाग्यो । पटक पटक भौतिक दूरी कायम गर्न भनिए पनि दूरा कायम भएन । सरकार आफैँले २५ जनाभन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी कायम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा फरक दृश्य देखियो ।
यसरी पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा कुनै भौतिक दूरी र स्वास्थ्यसम्बन्धी मापदण्ड कायम भएको देखिएन । सञ्चारकर्मी, सुरक्षाकर्मीको भीड नै लाग्यो ।

लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छतबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्नुअघि भीडले प्रधानमन्त्री घेरिएको देखिनुहुन्थ्यो । २० औँ तल्लाको छतबाट पुष्पवृष्टिसहित उपत्यका नियाल्न पुग्नुभएका प्रधानमन्त्री ओलीको अघि पछि हुल नै देखिन्थ्यो ।

दोस्रो चरणको कोरोनाले भयावह अवस्था सिर्जना गरिरहेको छ । कोरोना संक्रमित मृतकको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार सबैभन्दा बढी संक्रमित फेला काठमाडौं उपत्यकामा परेका छन् ।

तर, यहीँ कहरका बीच प्रधानमन्त्री ओलीले भीडभाडका साथ धरहरा समुद्घाटन गर्नुभएको छ । जबकि सरकार आफैँ नागरिकलाई भीड नगर्न, भौतिक दूरी कायम गर्न निर्देशन दिए पनि नियम आफैँ लत्याएर उद्दघाटन मा रम्नु आफैँले बनाएको अनुशासन तोड्नु हो ।

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...