Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

एकैदिन १५ मिनेट फरकमा परीक्षा

CineKalaCineKala 30 Apr 2021

कोरोना महामारीका कारण देशका मुख्य सहरहरुमा निषेधाज्ञा लगाईरहँदा तनहुँको बन्दिपुर गाउँपालिकामा भने विद्यालयका आधारभूत तह उतीर्ण परीक्षा हुने भएको छ ।

कोरोना महामारी बढिरहेको समयमा सरकारले विद्यालय बन्द गर्न निर्देशन दिए पनि तनहुँको बन्दिपुर गाउँपालिकाले कक्षा आठको परिक्षा लिने भन्दै तालिका सार्वजनिक गरेको छ ।गाउँपालिकाले बुधबारको बैठकबाट कक्षा आठको परिक्षाको समय तालिका संशोधन गरिएको भन्दै सूचना जारी गरेको छ । जारी सूचनामा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरुलाई परीक्षाको तालिका उपलब्ध गराउँदै १५ मिनेटको समयअन्तरमा एकैदिन दुई विषयको परीक्षा लिन निर्देशन दिइएको छ ।

नयाँ तालिकाअनुसार गाउँपालिकामा बैशाख १९ गतेबाट परीक्षा सञ्चालन हुने भएको छ । पहिलो दिन अंग्रेजी र नेपाली विषयको परीक्षा हुने सूचनामा उल्लेख छ । त्यस्तै, २० गते गणित र विज्ञान तथा वातावरण, २१ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा तथा पेशा, व्यवसाय तथा प्रविधि शिक्षा, र अन्तिम दिन २२ गते स्वास्थ्य तथा शारिरिक शिक्षा, नैतिक शिक्षा र स्थानीय विषयको परीक्षा हुने सूचनामा उल्लेख छ ।

प्रत्येक विषयको ३ घण्टा परीक्षा हुने भएपनि विद्यार्थीले भने अब एकै दिनमा ६ घण्टा परीक्षा हलमा बसेर लेख्नुपर्ने भएको छ । बन्दिपुरमा विद्यार्थीले प्रत्येक दिन १५ मिनेटको अन्तरमा २ वटा विषयको परीक्षा दिनुपर्ने सूचनाले उक्त अवस्था आएको हो ।

यसबारे गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापासँग बुझ्दा परीक्षा गराउने निर्णय गाउँपालिकाको नरहेको बताएका छन् । पालिकामा रहेका विद्यालयका शिक्षकहरुले दिएको सुझावको आधारमा परीक्षा गर्नेको तयारी गरे पनि सरकारले गरेको निर्णय विरुद्ध नजाने बताएका छन् ।

पहाडी क्षेत्रमा महामारी कम रहेको हुनाले परीक्षा गर्न आँटेको बताउँदै दुई सय भन्दाबढी संक्रमित पालिकामा फेला परेको खण्डमा मात्र परीक्षा सञ्चालन नगर्ने थापाले बताए । उनले भने १५ मिनेट समयको अन्तरमा दिनमा दुईवटा परिक्षा गर्ने सुझाव आएको हो, यो खारेज पनि हुनसक्छ । महामारीले बढ्दो रुप लिएको बताउँदै परीक्षा रद्ध गर्ने तयारीमा गाउँपालिका लागिसकेको थापाले बताए । News Sources :https://www.janaaastha.com/

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...