Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

आकाशमा स्याटलाइट राख्न खोज्दा रेडियो नेपालको जग्गा हरायो

CineKalaCineKala 30 Apr 2021

नेपालले आफ्नो छुट्टै भूउपग्रह (स्याटलाइट) राख्ने प्रयोजनको लागि अघि बढाएको प्रक्रिया अन्तिम चरणमा पुुगेको छ । स्रोतका अनुसार फाइनल डकुमेण्ट तयार हुन अब मुश्किलले एक साता मात्र बाँकी छ ।

यसअघि अन्तरिक्षमा नेपालले स्याटलाइट राख्न पाउने स्पेश (स्थान) को बारेमा भएको अनिश्चितताको अन्त्य भएको छ । अब अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटीओ) ले दिएको फ्रि स्पेशमा नेपालको स्याटलाइट राखिनेछ ।

स्रोतका अनुसार ‘स्याटलाइट कन्सल्टिङ’ को काम शुरु भइसकेको छ । टेण्डर डकुमेण्टलगायतका कागजात धमाधम तयार भइरहेको छ । त्यहि क्रममा बिजनेश मोडल पनि तयार पारिएको छ । त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट स्याटलाइट खरिदको काम अघि बढ्ने बताइन्छ । स्रोत भन्छ ‘जसले सस्तोमा प्रस्ताव गर्छ उसैसँग खरिद गरिनेछ ।’

यसअघि स्याटलाइट राख्ने अन्तरिक्षको स्पेशबारे नेपाल र लाओसवीच विवाद भएपछि अहिले लाओसले उक्त विवादको विषय फिर्ता लिएको छ । त्यसैले एनटीओले नेपाललाई फ्रि स्पेश दिएको हो । अब त्यहि फ्रि स्पेशमा नेपालको स्याटलाइट बस्ने भएको हो ।

स्याटलाइट जडानका लागि १५ देखि २२ अर्ब रुपैयाँ लाग्नसक्ने अनुमान छ । ती सबै लागत टेण्डर डकुमेण्टको डिजाइनमा भर पर्नेछ । त्यसैले हाम्रो आवश्यकता र बिजनेश मोडललाई हेरेर लागत निर्धारण हुने बताइन्छ । सरकारी अधिकारीहरूका अनुसार घटिमा १५ र बढीमा १६ अर्ब रुपैयाँ लाग्नसक्छ ।

विज्ञहरूका अनुसार आफ्नै स्याटलाइटबाट दूरसञ्चारसँग सम्बन्धित सम्पूर्ण काम यसको पहिलो प्राथमिकतामा पर्नेछ । त्यसपछि एफएम,टेलिभिजन, सेना र प्रहरीको सञ्चारको काम पनि यसैबाट गर्न सकिन्छ । अन्तरिक्षमा रहने भएकाले भूकम्पलगायतका प्राकृतिक प्रकोपमा समेत यो सुरक्षित हुन्छ । त्यस्तो बेलामा यो अझ बढी उपयोगी हुने बताइन्छ ।

पछिल्लो समय टेलिभिजन र अन्य प्रयोजनको लागि मुलुकबाट डेढदेखि दुई अर्ब रुपैयाँ स्याटलाइट प्रयोग गरेवापत विदेश जाने गरेको छ । मुलुकको आफ्नै स्याटलाईट राखेपछि त्यो रकम स्वतः रोकिने छ ।

यता, बेस स्टेशनचाँहि खुमलटारस्थित रेडियो नेपालको जग्गामा राख्ने तय भएको छ । यसबारे क्याबिनेटले आवश्यक निर्णय गरिसकेको बताइन्छ । रेडियो नेपालको उक्त जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रक्रियासमेत अघि बढेको थियो ।

तर रेडियोको ४२ रोपनी भनिएको उक्त जग्गाबाट २ रोपनी गायब भएपछि हराएको जग्गा खोज्नै ‘महाभारत’ भएको स्रोतको दाबी छ । news sourecs :https://www.janaaastha.com/

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...