Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Banner New
Flash News
Headline News
Slider
Uncategorized
अन्तवार्ता
आर्थिक
कला/साहित्य
कलाकार
खेलकुद
चलचित्र घर
छायांकार
जारी समस्या
द्वन्द निर्देशक
नयाँ सिनेमा
निर्त्ये निर्देशक
निर्देशक
निर्माण नियन्त्रक
फेस्टिवल/इवेन्ट्
फोटो फिचर
बलिउड
बिश्व समाचार
भाषा भाषी
म्युजिक
राजनीति/समाज
समाचार
सम्पादक रङ सम्योँजन भि। एफ एक्स
सिनेमा निर्माण
सिनेमा निर्माण गृह
स्क्रीन राइटिङ
हलिउड

कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन दिने व्यक्ति प्रहरीद्वारा पक्राउ

CineKalaCineKala 4 May 2021

भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा तड्पिरहेका बिरामीहरूलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ।

उक्त कदमलाई कैयौँले अरूलाई सहायता गर्न चाहने मानिसलाई प्रशासनले अवरोध गर्न खोजेको रूपमा हेरिरहेका छन्। ती युवकले अस्पतालबाहिर ूअव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई समस्या भएकोू प्रशासनको तर्क छ।

जौनपुर जिल्लाका प्रमुख अधिकारी मनीष वर्माका अनुसार अहिले ती युवकविरुद्ध कुनै कारबाही गरिएको छैन, एडीएमको समूहले पूरै मामिलाबारे जाँच गरिरहेको छ। प्रशासनको उद्देश्य कसैलाई बिनाकारण दण्डित गर्नु नरहेको समेत उनको भनाई छ ।
जौनपुर कोतवालीमा विक्की अग्रहरि नामका ती युवकविरुद्ध महामारी ऐनको दफा ३ र भारतीय दण्डसंहिताको दफा १८८ तथा २६९ अनुसार जाहेरी दर्ता गरिएको छ।

यो जाहेरी जौनपुरका मुख्य चिकित्सा अधीक्षक (सीएमओ) को उजुरीका आधारमा दर्ता गरिएको हो। विक्की अग्रहरिले भने, ूआफुले बिरामीहरू अक्सिजन नभएर तड्पिरहेको देख्न नसकेको र आफ्नै एम्बुलेन्सबाट सिलिन्डर निकालेर अक्सिजन दिएको बताएका छन्

© 2018 Cinekala enjoy nepal online media pvt.ltd.All Rights Reserved Powered By: ...