आइतबार दिउँसो प्रहरीले काठमाडौंका फरक दुई गोदाममा लुकाएर राखेका साढे ९लाख बढि माक्स नियन्त्रणमा लिएको छ । चीनबाट नेपाल ल्याएर कालोबजारी गर्न लुकाएर राखेको विशेष सुचनाका आधारमा प्रहरीले कपन र सतुङ्गलमा छापा मारेको थियो ।
सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो।
आरडीपी इन्टरपाईजेजको दुईवटा गोदामबाट उक्त माक्स प्रहरीले बरामद गरेकाे हो । भारतीय नागरिक सुरज गोयल र सुवास महेश्वरीको नाममा रहेको उक्त आरडीपी इन्टरप्राइजेजमा कालोबजारीका लागी माक्स लुकाएर राखेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले विषेश सुराकीका आधारमा ठुलो परिणाममा कालो बजारी गर्न राखेको माक्स बरामद गरेको बताए