नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६

नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ पुगेको छ । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।पछिल्लो सङ्क्रमणका विरामीसँगै कोरोना संक्रमितको सङ्ख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

देवकोटाका अनुसार दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्ति संक्रमित बनेका हुन्। चैत ४ गते सोही जहाजमा आएका दुई जनामा यसअघि नै कोरोना पोजेटिभ देखिएको थियो । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुगेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.