मृत्युको निधन :

मृत्युको निधन :
म आर्यघाटको चितामा जल्नु अघि ,यमराजले मेरो कानमा सुटुक्क भन्यो;
“म संग कात्रो किन्ने पैसा छैन के गरु ?”
“लासलाई पनि के को लाज यार नाङ्गै जलाइदेउ “Iमैले जवाफ फर्काए I
यमराज : मृत्यु देखि डर लाग्दैन ?
म : जसलाई तिमी मृत्यु सम्झिन्छौ ,वास्तवमा जीवन त्यै हो ! हैन र ? मैले उल्टै प्रतिप्रश्न गरे I
किङ्कर्तव्यविमूढ भएको अवस्था पछि यमराज असहज तरिकाले बोल्यो;
“खासमा तिमीलाई लिन मन थिएन I स्वर्गमा अलि बौद्धिक मान्छेको खाँचो पर्छ त्यसैले I”
म: किन र ?
यमराज : स्वर्गमा राजनीती र भ्रष्टाचारले पराकाष्ठा नाघिसक्यो I
म एकछिन मौन भएर सुनिरहे,हेरिरहे I
यमराजले मेरो मौनता भंग गर्दै आफ्नै ढंगमा भन्यो;
“ यति चाडो मर्छु भनेर सोचेको थिएनौ होला है?”
मैले मुस्कुराउदै भने ; “भोली मर्दैछु, सोचेर नै म हरेक दिन सानदार तरिकाले बाँच्छु I” अझै केहि भन्नु छ ?
त्यसपछि यमराज दिग्भ्रमित भएर आगो खोज्ने बहानामा निस्कियो Iअहिलेसम्म फर्केको छैन I
लेखक भीष्म जोशी कलाकार, नाटक नीर्देशक , लेखक हुनुहुन्छ तस्वीर स्रोत : कुम्हालेको चक्र (लघु चलचित्र)