भुत्ते खुकुरी उधाउन मन छ ……

भुत्ते खुकुरी उधाउन मन छ ……
बैरिले कुल्चेको पाइला मेट्न मन छ
यो माटो मा आँखा लाउनेको घाँटी रेट्न मन छ
नालापानि युध्द दुनियालाइ फेरि सम्झाउन मन छ
हो भुत्ते खुकुरी एक पटक फेरि उधाउन मन छ
गोर्खालिको बिरता दोहोर्याउन मन छ
भक्ती थापा जन्माउन मन छ
भाला हसिया र लाठी बजार्न मन छ
फेरि एक्चोटी भुत्ते खुकुरी उधाउन मन छ
जय मा काली आयो गोर्खाली भन्दै गर्जिन मन छ
बैरिको सात्तो झार्ने बाघको डमरु जन्माउन मन छ
बलभद्र कुबर बौराउन मन छ
सत्ते भुत्ते खुकुरी उधाउन मन छ
कालापानी मा रगतको खोला बगाउन मन छ
त्यही रगत ले आफैलाइ अभिषेक गर्न मन छ
महाकाली को पानीले प्यास मेट्न मन छ
त्यसैले भुत्ते खुकुरी उधाउन मन छ
देश भित्र र बाहिरका बैरिको लास माथी ताण्डब गर्न मन छ
बैरिको रगत ले खेत को गरा गरा भिजाउन मन छ
नेपाल आमाको पाउमा बैरिको शिर चढाउन मन छ
कस्सम फेरि एक चोटि भुत्ते खुकुरी उधाउन मन छ
सगरमाथा चढेर सुस्ता मा एक्छिन सुस्ताउन मन छ
लिपुलेक मा चन्द्र सुर्य झन्डा फर्फराउन मन छ
लिपियामा को डाडामा निदाउन मन छ
त्यसैले फेरि एक्चोटी भुत्ते खुकुरी उधाउन मन छ
रचना : प्रल्हाद खरेल