प्रश्नै–प्रश्नको मेरो एउटा प्रश्न ? सरकार, यो कस्तो क्वारेन्टाइन् ?

प्रश्नै–प्रश्नको मेरो एउटा प्रश्न ? सरकार, यो कस्तो क्वारेन्टाइन् ?
खाडी मुलूकमा काम गर्नु रहर होईन, बाध्यता हो । जो युरूप, अमेरीका र अष्ट्रेलीया जस्तो पि आर र ग्रीन कार्डको प्रलोभनमा आफ्नो उज्वल भबिष्यको सपना बोकेर गएका जस्तो, अरब देश कोही पनि गएका–आएका छैनन् । यहाँ आउँनेहरूको एउटै सपना हुन्छ । परिबार पाल्ने, बच्चा बच्चीलाई राम्रो स्कुलमा पढाउने, सानो ब्यापार गर्न रकम जम्मा गर्ने त एउटा सानो घर बनाउने । म पत्रकार होईन र मलाई पत्रकार बन्नु पनि छैन । यो मैले खाडीको दश बर्षे बसाईमा भोगेका कुराहरू मात्र हुन् ।
सरकार ठगीले पराकाष्ठ नाघ्यो, कस्ले रोक्ने कस्ले छेक्ने ?
फ्री टिकट फ्री भिषामा नेपाली श्रम बेचिन्छन् । आउँदा बिचौलीयाले खान्छ, एक लाख तीस हजार । अझँ राम्रो तलब हुदाँ त चाँर लाख सम्म तिरेर आउनु परेको छ । प्रश्न उठ्छ, किन तिरेको ? नतिर्दा जानै नपाउने, मेरो सरकारले रोजगार दिनै नसक्ने । सरकार अब के गर्ने ?
श्रम गर्नेहरूको पीडा, कस्ले बुझ्ने ?
श्रम स्विकृत नगरी उ उड्न पाउदैन । श्रम गर्नै प¥यो । तर श्रम गरेर आएका श्रमीकको ज्यानको शुरक्षा नै नभए पछि, त्यो श्रमको के मूल्य ? आँज संसार कोरोना नामको महामारीमा परेको बेला आफ्नै नागरीक आउनलाई रोक लगाईएको छ । जुन सुकै अबस्था किन नआओस र कस्तै बिपत्तको घडी किन नहोश, आफ्ना नागरिक फिर्ताहुन पाउँनु पर्छ । तर यहाँ त उल्टो छ । आउन चाँही पाउने तर जुताबासको नामाबली बमोजिम, पाँच सय डलर बराबरको हवाई टिकट । यस्तो बिपत्तको घडीमा हवाई माफियाहरूको ब्रहमलूट । बिचरा हामी श्रमिक, श्रम गर्दा लाखौ श्रमीकले तिरेको रकम खै, भन्दै फेसबुकमा पोष्ट गर्छौ ।
प्रश्नहरू यहाँ उठान गरी नसक्नु छ, एउटा भए पो सोध्नु !!
सून काण्ड रे, सत्त्तरी करोड रे, बालुवाटारको जग्गा काण्ड रे, रुकुम काण्ड, मकवानपूर काण्ड अन्य कति कति ? काण्डको लेखाजोखा नभएको अबस्थामा अहिले यो आपतको घडीमा नि काण्ड । कोरोना मापन गर्ने यन्त्रमा चलखेल, सुन्दा पनि लाज लाग्ने । मानिसको मर्ने र बाच्ने दोसाधको अबस्थामा नि ब्रहमलूट । यस्ता कयौं यावत प्रश्नहरू छन् जस्को कुनै जबाफ छैन । नहोस पनि चाँहिएन पनि । तिम्रा जवाफ एउटै हुनेछन्–‘ सरकारले छानबिन गरीरहेको छ ।’
मलाई अहिले एउटै प्रश्नको जबाफ पाए पुग्छ । सरकार, यो कस्तो क्वारेन्टाइन् ?
जसो तसो पाँच सय डलर, यु ए इ दिराम अठार सय चालीस जम्मा गरेर टिकट काटियो । लाग्थ्यो, यो अर्काको मुलूक के पर्छ कसो पर्छ । उद्धारको नाममा ब्रहमलूट नै भए पनि आफ्नो देश त पुगिन्छ । यहाँ पूर्णरुपमा सुरक्षित साथ राखेर नेपाल पठाउनपाए–‘ नेपाल त आफ्नो देश, गाउँ–ठाउँ ।’ यहाँ भन्दा त्यहाँ शुरक्षीत भन्ने हिसाबले दुई महिनाको बच्चा र आमालाई नेपाल पठाईयो । आफ्नै गाँउ, तर जनताले मत दिएर दुई तिहाई ल्याएको सरकारले उल्टो जनतालाई दुई तिहाईको धमास देखाई दियो । मैले पत्रकार साथीभाईलाई– ‘लौ न तेहा एस्तो–एस्तो सुनिरा छु । गएर एक पटक बुझिदिनुस ।’ मलाई थाहा थिएन कि, पत्रकारहरूलाई बुझ्न र लेख्न पैसा दिनु पर्दो रहेछ । यो मानेमा मैले सबै पत्रकारीता पीत पत्रकारीता हुन भन्न खोजेको होईन । मैले चिनेका मध्यका एकाध ।
मैले नबुझेको क्वारेन्टाईन के भने ? यहाँबाट सुरक्षित पठाएर के गर्नु ? गाउँको क्वारेन्टाईन त पशुलाई जस्तो बथानमा राखे पछि, त्यो कस्तो क्वारेन्टाईन हो ? कुन बच्चा कुन सुत्केरी ? कुन देशबाट आएका, कुनै लेखाजोखा नगरी एकै कोठामा राख्ने, क्वारेन्टाईन कि हिटलरको मान्छे मार्ने ग्याँस च्यामबर ? यहाँ त कोरोना नलागेकालाई पनि लाग्ने भयो । सरकारले शुरक्षित क्वारेन्टाईन बनाउन नसक्ने हो भने, ति ज्यानहरू जो बाँच्ने आशामा नेपाल आए तिनिहरूको ज्यानको ग्यारेन्टि कसले लिने ? सरकारको क्वारेन्टाईन भन्दा त घरको क्वारेन्टाईन नै शुरक्षित देखियो ।
कुन बच्चा कुन सुत्केरी नभनि सगोलमा राखियो । क्वारेन्टाईन बस्नेहरूमा कोही कुबेत का थिए त कोही साउदी । न अलग–अलग देश, न अलग–अलग परिबार, भेडा बाख्रा जस्तो एउटै कोठामा राखियो अनि नाम दिईयो– क्वारेन्टाईन ।
पहिलो कोरोना परिक्षणको परिणाम आउँछ । कोठामा सँगै बसेका मध्यहरू बिचमा एउटालाई पोजेटिभ र बाँकीलाई नेगेटिभ । अब मेरो प्रश्न ?
नेगेटिभ परिणाम आउने ती ज्यानहरू घर जान पाउने कि नपाउने ?
बाँकी नेगेटिभ परिणाम आउनेहरू जोखिमको भागिदार भए कि भएनन् ?
त्यो दुई महिनाको बच्चा र सुत्केरीको ज्यानको ग्यारेन्टी कस्ले लिने ?
दोस्रो चरणको परिणाममा पोजेटिभ देखिए, तेस्को जिम्मेबारी कस्ले लिने ?
कि क्वारेन्टाईनमा मरेका सदालाई जस्तो मरिसकेपछि पाँच लाखमा टाटो मार्ने ?
एउटा ज्यानको मूल्य पाँच लाख हो त ?
थुक्क म पनि !!
कस्लाई प्रश्न सोधीरहेको छु ? जुन सरकार, जसलाई जनताले बिश्वास गरेर दुई तिहाईको सरकार बनाईदियो र पछि तेहि दुई तिहाईको धमास देखाईरहेको सरकारलाई ? जुन सरकार अब केहि सुन्नै चाहदैन । जुन सरकार अब केहि हेर्नै चाहदैंन । रेमिटान्सले धानेको देश जो क्वारेन्टाईनको नाममा हिटलरको ग्याँस च्याम्बर थापेर बसिरहेको छ । देश बचाउँने श्रमिकहरू कतिखेर आउलान् र हिटलरको ग्याँस च्याम्बरमा हालौंला भनेर । पत्रकारले नलेखिदिए पछि आपैmले लेखे । त्रुटी होलान् होस त तर लेख्नै प¥यो – न खाँउ भने दिन भरीको शिकार, खाँउ त कान्छा बाको अनुहार । अहिले खाडीका तमाम श्रमिकहरूलाई तेस्तै भएको छ । यहाँ बसौ, कामधाम छैन, भोकै मर्ने पिर । जाऊँ, हिटलरको ग्याँस च्याम्बरमा परिने भन्ने पिर । मेरो सरकार, यो कस्तो क्वारेन्टाइन् ?
कृष्ण पारस दुलाल
मोतिगडा ३, गाईघाट उदयपुर
हाल– खाडी मुलूक दुबई