रु दुई करोड भेटी कम विन्ध्यवासिनी मन्दिरमा

सिने कला l पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी शुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब रु दुई करोड भेटीघाटी कम भएको छ । मन्दिरमा दैनिक करीब रु एक लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बन्दाबन्दी शुरु भएपछि बिहानबेलुकाका नित्यपूजा र आरतीबाहेक सर्वसाधारणका लागि दर्शन गर्न बन्द गरिएको छ । विन्ध्यवासिनी मन्दिर पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै भारतबाट आउने पर्यटकले नछुटाउने गन्तव्य हो । केही उँचो ठाउँमा भएका कारण यहाँबाट पोखरा उपत्यकाका साथै माछापुच्छ«ेलगायत हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मन्दिरसहित परिसरमा रहेका शिवालय, सरस्वती, गणेश र राधाकृष्ण मन्दिरले यहाँको महत्वलाई बढाएका छन् ।मन्दिर उक्लनका लागि सिँढी चढ्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लिफ्ट पनि निर्माण गरिसकिएको छ । देवीको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वासका आधारमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.