नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ माExclusive Banking Partner को रुपमा एन आई सी एशिया बैंक नियुक्त

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंकExclusive Banking Partner को रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू तथा कोषको तर्फबाट कार्यकारी निर्देशक श्री रमण नेपालज्यूले हस्ताक्षर गर्नुभयो ।

सम्पूर्ण नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको छ । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाकोExclusive Banking Partner हुन पाउन यस बैंकले आफुलाई गौरवान्वित ठानेको छ र यस ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास यस बैंकले लिएको छ ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवं डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्नुहुनेछ । यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको छ । बैंक र कोषबीच भएको यस ऐतिहासिक समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकहरूलाई उक्त ऐतिहासिक पेन्सन योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित बनाउनुहुन बैंक हार्दिक अनुरोध गर्दछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.