तिम्रो जन्मदिन आउँछ र, मुटु जलाई जान्छ : बिना मगर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका लागि आजको दिन खुसी र पीडा संगै लिएर आउँछ । किनकी ४० वर्ष पहिला आजकै दिन उनीहरुको जिवनमा खुसी आएको दिन थियो । सीताले छोराका रुपमा प्रकाश दाहाललाई जन्मदिएकी थिइन् । तर आज उनी यो संसारमा छैनन् । आजको दिन सम्झँदा पक्कै पनि उनीहरुको मनमा आज भने पीडाको अनुभव हुन्छ ।

प्रकाशको जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भावुक स्टाटस लेखेकी छन् । छोराले प्रकाशलाई श्रद्धाञ्जली स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले निकै भावुक शब्द लेखेकी छन्, बिनाले लेखेको स्टटास यस्तो छ प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ। संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ।

चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश १

प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । केटिएम दैनिक

https://www.facebook.com/binamagarnepal/photos/a.114279089271886/785890312110757/

About The Author

Leave a Reply

Your email address will not be published.