आर्यन र शृस्टी अभिनित ‘फुल फुल्यो’ सार्वजनिक

काठमाण्डौँ, कार्तिक १५
सिनेकला संवाददाता
नायक आर्यन सिग्देल र थुप्रै भिडियो मार्फत चर्चा कमाएकी नायिका तथा सृष्टि खड्काको अभिनय रहेको ‘फुल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ ।
केशब भावुक र अस्मिता अधिकारीको सुमधुर आवाजले सजिएको गीतको भिडियोलाई म्युजिक भिडियोमा राम्रै चर्चा बटुलेका बहुप्रतिभवान निर्देशक शशान कंडेलले निर्देशन गरेका छन ।
सुधा मरहट्ठाको शब्दमा तयार पारिएको यस् गीतमा गायक स्वयमले सङगीत दिएका हुन ।
डान्सिङ नम्बरमा रहेको यो गीतमा बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई सुधा ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट मार्फत सार्वजनिक गरिएको छ ।
गीत र भिडियो दुवैलाई सक्दो माया गरिदिन सम्पूर्ण टिमले दर्शक तथा मिडियालाई आग्रह गरेका छन ।