र्यान कार्कीको निर्देशनमा नितिन गजुरेलको ‘काचुंली’ सार्वजनिक

सिनेकला संवाददाता
गायक नितिन गजुरेलको सुमधुर स्वरमा सजिएको ‘काचुंली’ बोल रहेको गीतको सार्वजनिक भएको छ ।
नीरभीमको शब्द, सुदम थापाको सङ्गीत रहेको गीतमा फडिन्द राईको संगीत संयोजन रहेको छ ।
सत्य कथामा आधारित अली फरक सन्दर्भ लभ, थ्रिलर, एक्सनले भरिपूर्ण गीतको भिडियोमा विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको त्रिकोणात्मक प्रेम र रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई निर्देशक र्यान कार्कीले निर्देशन गरेका हुन भने सिनेम्याटोग्राफर बुद्ध थापाले छाँयाकन र बिष्णु खड्काले सम्पादन, कलरिङ्ग तथा पोस्टर डिजाइन गरेका हुन ।
थुप्रै अडियो भिडियो निकालिसकेका गायक नितिन गजुरेल आफ्नो यस् गीत र भिडियोमा सधैं कसो भन्दा केही फरक गने प्रयासलाई पहिलेकै अडियो भिडियो जस्तो माया गरिदिन र हेर्न सम्पूर्ण भगवानरुपी दर्शकश्रोता तथा सञ्चारकर्मीलाई हृदयदेखि नै अनुरोध गरेका छन ।
भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।