काठमाडौंको मुलपानीमा खुल्यो ‘बाथप्रो सलुसन’को नयाँ शाखा

काठमाण्डौँ, कार्तिक २१ 
सिनेकला संवाददाता

काठमाडौंको मुलपानीमा निर्माता, व्यवासायी तथा समाजसेवी गुणराज राजभण्डारीको साउथ पोल बिजिनेस ट्रेडद्वारा ‘बाथ प्रो’को नयाँ आउट्लेट शाखा खोलिएको छ ।

पुर्ब गृहमन्त्री राप्रपाका बरिष्ठ नेता बुद्दिमान तामाङको प्रमुख अतित्थ्यतामा राप्रपाका केन्दीय निर्देशन समितिका सदस्य अर्जुन राई केन्दीय सम्पादन समितिका सद्स्य रबिन राई\बिजयकला राई केन्द्रीय सम्पादन सदस्य तथा युवा सङठनका अध्यक्ष प्रकास रिमाल केन्द्रीय सदस्य तथा युवा महासचिब जगदिश राजभण्डारीको उपस्थितिमा रिबन तथा केक काटि शुभारम्भ गरिएको हो ।

उक्त आउटलेटबाट ग्रहकहरुले घर, होटल लगायत सबै किसिमका बिल्डिङ बनाउदा चाहिने किचन तथा बाथरुमका सम्पुर्ण लग्जरि समानहरुको सेवा सजिलै लिन सक्ने जानकारी व्यवसयी गुणराज राजभण्डारीले तेजनेपाललाई बताउनु भयो । साथै ग्राहकहरुले बाथप्रो सलुसन नामको फेस्बुक पेजबाट पनि अर्डर गरि सेवा लिन सक्नुहुनेछ् ।

कार्यक्रममा कलाकार, व्यवासायी, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

निर्माता, व्यवासायी तथा समाजसेवी गुणराज राजभण्डारीले कालापानी, वीरयोद्धा लगायत थुप्रै एतिहासिक तथा मनोरञ्जनात्मक चलचित्रहरु निर्माण गरिसक्नु भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.