कुलोमा डुबेर ५३ वर्षीय खिम बहादुर योगीको मृत्यु

घोराही उपमहानगरपालिका-११ बासगजरी बस्ने ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.