भक्तपुरमा विभिन्न धनमाल चोरी

मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३३ वर्षीय शिवराम खत्रीको टहराबाट नगद १ लाख ७४ हजार रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

उक्त टहरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको ताला फोडी धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.