सप्तकोशी बैंक प्रकरणः किन परेनन् नायव सिइओ र लेखपरिक्षक अनुसन्धानको दायरामा ?

सप्तकोशी विकास बैंकमा भएको घोटला प्रकरणमा जोखिम न्यूनिकरणको महत्वपूर्ण जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख कुमार खड्का अनुसन्धानको दायरमा नपर्नु चर्चाको विषय बन्न थालेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदीसहित बैंकका अप्रेसनल प्रमुख विजय थापा मगर, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । तर आश्चार्यलाग्दो कुरा त के भने बैंकको जोखिम व्यवस्थापनको समेत जिम्मा पाएका नायव कार्यकारी प्रमुख खड्का भने अनुसन्धानको दायरामा तानिएका छैनन् ।

खड्का बैंकका प्रमुख जोखिम नियन्त्रक समेत हुन् । यो बैंकको घोटला प्रकरणलाई जोडेर बैंकका सिइओ सुवेदी लाई प्रहरीले नियन्त्रणमा लिँदै केन्द्रीय अनुसन्धान ब्युरो समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकलेसमेत अनुसन्धान गरिरहेको छ । तर यति ठूलो घोटला प्रकरणमा जोखिम नियन्त्रणको जिम्मेवारी पाएको नायव कार्यकारी प्रमुख खड्का अनुसन्धानको दायरामा नल्याएपछि वित्तिय वृत्तमा आशंका गर्न थालिएको छ । सामान्यतयाः बैंक तथा अन्य वित्तिय संस्थाहरुमा यस किसिमको घटनामा बैंकका जिम्मेवार पदाधिकारीमाथि छानविन र अनुसन्धन गर्नु स्वभाविक नै हो । यहि क्रममा प्रहरीले केहि पदाधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाइरहेको छ ।

तर, यो अनुसन्धान र छानविनको दायरामा खड्का किन परेनन् ? यो सर्वत्र चर्चाको मात्रै नभएर आशंकाको विषय पनि बन्न थालेको छ । प्रहरीले अनुसन्धान गरिहेको यो घटनालाई बैंकको स्थापनाकालदेखिको अवस्थाका साथै सप्तकोशी बैंक र कावेली विकास बैंक विच भएको मर्जको विषयलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ । करिब दुई वर्ष अगाडि सप्तकोशी र काबेलीविच मर्ज भएर सप्तकोशी विकास बैंक बनेको थियो । त्यो बेला तत्कालीन दुई बैंकका व्यवस्थापन विच एकीकरण गर्दै पद तथा जिम्मेवारी बाँडफाँडको क्रममा पनि विवाद सिर्जना भएको स्रोतको भनाइ छ ।

सप्तकोशीबाट आएका प्रमुख कार्यकारी अधिकृत सुवेदी र कावेलीबाट आएका नायव कार्यकारी प्रमुख खड्काविच त्यहि वेलादेखि नै आन्तरीक मनमुटाब र आ–आफ्नो बैंकको कर्मचारीहरुको गुटबन्दी हुँदै आएको देखिन्छ । यो तथ्यलाई पनि आधार मानेर विश्लेषण गर्ने हो भने सुवेदी र उनिसँग नजिक भएका समुहलाई फसाउन खड्का निरन्तर रुपमा गोप्य ढंगबाट परिचालित भएको स्रोतको दावि छ । अत्यन्तै सुक्ष्म ढंगबाट प्रहरी र राष्ट्र बैंकले हेरिहरेको यो प्रकरणमा को, के कति दाषी भन्ने कुरा त पत्ता लाग्न सक्ला तर छानविन र अनुसन्धानकै दायरालाई थप फराकिलो बनाउँदै खड्का र उनको समग्र आर्थिक गतिविधिमाथि अनुसन्धान गर्नु पर्ने वित्तिय विज्ञहरुको धारणा छ ।

एकाएक लेखापरिक्षकको राजिनामा !

सप्तकोशी बैंक घोटला प्रकरणमा खड्काको अनुसन्धान माग उठ्दै गर्दा अर्को रहस्यको विषय पनि बाहिर आएको छ । जुन कुरामा राष्ट्र बैंक र प्रहरीको ध्यान गएको देखिँदैन । सप्तकोशी विकास बैंकमा लेखापरिक्षकको रुपमा इटहरीका रौनक कोइराला नियुक्त थिए । जब बैंकको यो घोटलाको सवालमा सिइओ सुवेदीले थाहा पाएर आफू स्वयम केन्द्रिय अनुसन्धान ब्युरो पुगेर छानविन र अनुसन्धानका लागि बैंककोतर्फबाट अनुरोध गरे तब लेखापरिक्षक कोइरालाको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो र उनिले आतिदै प्रहरीले यो प्रकरणको अनुसन्धान प्रारम्भ गर्नुपूर्व एकाएक राजिनामा गरे । लेखापरिक्षकले हरेक वर्ष बैंकको आम्दानी र खर्च मात्रै होइन् त्यसको स्रोत र स्रोत परिचालन कहाँ भएको छ भन्ने थाहा पाउँछ ।

रौनकले वर्षौँसम्म लेखापरिक्षकको रुपमा बैंकका काम गर्दा निरन्तर आर्थिक घोटला भएको थाहा पाइरहे तर किन बाहिर ल्याएनन् ? लेखापरिक्षक कोइरालाले यो घोटला प्रकरण सतहमा आउनु एक महिना पूर्व मात्रै राजिनामा दिएका थिए । यसले कतै लेखापरिक्षक कोइरालाले यो विषय थाहा पाएर फस्ने डरले नै राजिनामा दिएका त हैनन् ? यो विषय पनि प्रहरी र राष्ट्र बैंकको अनुसन्धानको एउटा कडि बन्नसक्छ । यो बैक प्रकरणलाइ नजिकबाट विश्लेषण गर्ने विश्लेषकहरुले कतै एउटा समुहले अर्को समुहलाइ फसाउने ग्राण्ड डिजाइन त भइरहेको छैन भन्ने चर्चा पनि चल्न थालेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.