एमाले मोरङ अध्यक्षमा पोखरेल निर्विरोध

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध चयन भएका छन् । अध्यक्षमा पोखरेलसहित अन्य पदाधिकारी पनि निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बाबुराम कार्की सचिवमा रुपेश खतिवडा सर्वसम्मत चयन भएका छन् ।

सह सचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ता गर्नका लागि तोकिएको समयमा पदाधिकारीमा एक पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन समितिका संयोजक चूडामणि आचार्यले जानकारी दिए ।

अन्य पदहरूमा ४२५ जनाले मनोनयन दर्ता गराएको उनले बताए । जिल्ला समितिमा १६५ सदस्यीय कार्यसमिति चयन हुनेछ भने १० प्रतिशत सदस्य पछि मनोनीत हुनेछन् ।

About The Author

Leave a Reply

Your email address will not be published.