साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन शुरु गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहने चलचित्रको छायांकन सोमबारदेखि पर्वतमा शुरु गरिएको हो । छायांकन अगाडि चलचित्रको शुभ-मुहूर्त समेत गरिएको थियो । अहिले यो चलचित्रको पर्वतको भुक देउरालीमा छायांकन भइरहेको छ । अभिनेता जितु नेपालले शुभमुहूर्त र सुटिङको तयारीका लागि मेकअप गर्दै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।