मेरो जस्तो माया सार्वजनिक

बिराटनगर। पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारी तथा लोकप्रिय गायक संगीतकार नरहरि प्रेमीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया सार्वजनिक भएको छ ।नेपाली , भोजपुरी , हिन्दी , मैथिलि , तामाङ लगायत थुप्रै भाषा तथा विभिन्न जनरा , लोक , आधुनिक , डान्सिङ , हिपहप लगायतका गीतहरुमा आफ्नो स्वरको जादु छरिसकेका गायक नरहरि प्रेमीको लागि यो सेन्टिमेन्टल गीत नौलो त होइन् तर पनि गायक प्रेमीले अहिलेका युवायुवतीले मन पराउने तरिकाले गायकीमा केहि फरक दिने कोशिस गरेका छन् र उनी सफल पनि भएका छन् ।

प्राय लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, संगीतकारहरुले यी शैलीका गीतहरु अलि बढि अफर गर्छन् ।

संगीत क्षेत्रमा उदाएका थुप्रै गायक , गायिका , गीतकार , संगीतकारहरुलाई संगीत शिक्षा दिन सफल गायक नरहरि प्रेमी र सानै उमेरमा गाउन सुरु गरेपनि र संगीतको औपचारिक शिक्षा हासिल नगरेपनि संगीत यात्रा सुरु गरेकी समिक्षा दुवैले गीतलाई न्याय गरेका छन् । दिलको बदला दिल दिएँ , म भन्दा नि , तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनीहरुको यो पहिलो सहकार्य हो । हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर , राज कुमारको शव्द संगीत , संजय हमालको अरेञ्जमेन्ट , दिल समर्पणको रेकर्डिङ , चन्द्र चौधरी (अकष्टिक नेपाल)को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।

अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् । तसर्थ यस गीतलाई पनि दर्शक श्रोताहरुले मन पराईदिनुहुनेछ भन्ने आशा राख्न सकिन्छ ।

About The Author

Leave a Reply

Your email address will not be published.