मरिससविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

नेपाल भ्रमणमा रहेको अफ्रिकी देश मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलको घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार दुई खेलका लागि छुट्टा छुट्टै दुई टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक अब्दुल्लाहले किरण चेम्जोङको कप्तानीमा प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर दुई फरक टोलीको नाम सार्वजनिक गर्नुभएको छ । १२ जना खेलाडी दुवै टोलीमा पर्नुभएको छ । नेपालले दशरथ रंगशालामा मरिसससँग माघ १५ र १८ गते दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल दर्शक सहित ४ः४५ बजे सुरु हुनेछ । एन्फाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिने पनि जनाएको छ । नेपालसँग मैत्री खेल खेल्न मरिसस टोली सोमबार नै नेपाल आईसकेको छ ।

पहिलो खेलका लागि नेपाली टोली :

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु र जगजित श्रेष्ठ ।

दोस्रो खेलका लागि नेपाली टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ ।

About The Author

Leave a Reply

Your email address will not be published.