‘ठग’ सुकेशको सूचीमा सारा र जान्ह्वी पनि, दिएका थिए महँगा उपहार

२०० करोडको ठगी आरोपमा सुकेश चन्द्रशेखर सम्बन्धि नयाँ खुलासा भएका छन् । नयाँ जानकारीका अनुसार सारा अली खान पनि सुकेशको निशानामा थिइन् । प्रवर्तन निर्देशनालयको अनुसन्धानमा सार्वजनिक भए अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डिस, नोरा फतेहीका साथै अन्य तीन नायिकाको नाम लिएका थिए । यसमा सारा अली खान, जान्ह्वी कपुर र भूमि पेडनेकरको नाम सार्वजनिक भएको छ ।
सुकेशले सारा अली खान, जान्ह्वी कपुर र भूमि पेडनेकरको नाम लिएका छन् । सन् २०२१ को मे मा सारा अली खानलाई सुकेशले टार्गेट गरेका थिए । २१ मेको दिन सुकेशले सारा अली खानलाई ह्वाट्सएपमा मेसेज गरेका थिए । उनले सारालाई आफ्नो नाम सुरज रेड्डी बताएका थिए । यी मेसेजमा सुकेशले सारालाई आफूले परिवारको तर्फबाट उनलाई गाडी उपहारमा दिन चाहेको बताएका थिए । यसका साथै उनले आफ्नी सिईओ मिसेस इरानीले उनलाई थुप्रै पटक सम्पर्क गर्ने कोसिस गर्दा पनि सफल हुन नसकेको पनि बताए । मिसेस इरानी, सुकेश चन्द्रशेखरकी असोसिएट हुन् जसले नायिकाहरुलाई सुकेशसँग कुराकानी गर्नका लागि फकाउने गर्थिन् । पिंकी इरानीले नै ज्याकलिन फर्नान्डिसलाई सुकेशसँग भेट गराएकी थिइन् ।
सुरज रेड्डी उर्फ सुकेशले सारा अली खानलाई लगातार मेसेज गरिरहे । उनलाई महँगा उपहारको अफर पनि गरिरहे । सारा अली खानसँग इडीले यिनै उपहारका लागि सोधपुछ गरेको छ । साराले १४ जनवरी सन् २०२२ मा इडीलाई एउटा पत्र पठाएकी थिइन् जसमा उनले सुकेशलाई आफूले उपहार स्विकार गर्न नसक्ने बताउँदा पनि उनी नमानेको बताइन् । अन्तिममा साराले सुकेशलाई चकलेटको डिब्बा पठाउन भनिन् । त्यो डिब्बासँग उनले सारालाई फ्रेंक मलरको घडी पनि पठाए । भारतमा यसको मूल्य लाखौँमा छ ।
बलिउड नायिका जान्ह्वी कपुरलाई पनि सुकेशले श्रीमती लिना मारिया पलमार्फत् टार्गेट गरे । जान्ह्वीलाई सुकेशकी श्रीमतीले १८ लाख भारु दिइन् । यो त्यहि पैसा हो जुन सुकेशले जेलमा बन्द दिल्लीका व्यापारीकी श्रीमतीबाट हडपेका हुन् । लिना मारिया पालले सैलून (नेल आर्टिस्ट्री) की मालिक बनाएर जान्ह्वीलाई अप्रोच गरिन् । १९ जुलाई सन् २०२१ मा बेंगलुरुमा उनले सैलूनको ओपनिङका लागि जान्ह्वीलाई आमन्त्रण गरेकी थिइन् ।
सुकेश र लिनाको इतिहासबारे जान्ने कोसिस नगरिकनै जान्ह्वी बेंगलुरुमा उनीहरुको सैलून ओपनिङमा पुगिन् । जान्ह्वीलाई लिनाले १८.९४ लाख भारु ‘प्रोफेशनल फी’ भन्दै दिइन् जुन सिधा नायिकाको खातामा जम्मा गरियो । जान्ह्वीले यी पैसाबाहेक लिनाकी आमाले उनलाई कार्यक्रमका बेला एक क्रिश्चियर डियोरको टोट ब्याग पनि उपहारमा दिएको बताइन् । जान्ह्वीले इडीलाई आफ्नो बैंक अकाउन्टको विस्तृत जानकारी र आफ्नो स्टेटमेन्ट दिएकी छिन् ।
सुकेश चन्द्रशेखरले भूमि पेडनेकरलाई पनि टार्गेट गरे । पिंकी इरानीले भूमिलाई अप्रोच गरेकी थिइन् । पिंकीले आपूलाई न्यूड एक्सप्रेस पोस्टकी एचआरको रुपमा परिचित गराइन् । यो सन् २०२१ को जनवरीको कुरा हो । पिंकीले भूमिकालाई उनको कम्पनीका ग्रुप चेयरम्यान सुकेश चन्द्रशेखकर उनका निकै ठूलो प्रशंसक भएको र उनीसँग एउटा ठूलो प्रोजेक्टबारे कुराकानी गर्न चाहेको बताइन् । साथै उनले सुकेशले उनलाई एउटा गाडी पनि उपहारमा दिन चाहेको बताइन् ।
त्यसको भोलिपल्ट नै सुकेश चन्द्रशेखरले भूमिलाई सम्पर्क गरे र आफूलाई शेखरको नामले परिचित गरे । शेखर उर्फ सुकेशले उनकी साथी मिस इरानीले उनलाई प्रोजेक्ट र गाडी गिफ्ट गर्नेबारे कुरा गरिसकेको होला भनेर दोहोराए । मे सन् २०२१ मा पिंकी इरानीले भूमिलाई मेसेज गरे र सुकेश एक अर्बपति भएको र उनले उपहारस्वरुप गाडी दिन चाहेको भनिन् । त्यसै दिन सुकेशले पनि भूमिलाई सम्पर्क गरे र आफ्नो परिचय एनई ग्रुपका सुरजको रुपमा दिए । भूमिले इडीलाई दिएको जानकारी अनुसार सुकेश चन्द्रशेखर उर्फ सुरज उर्फ शेखरबाट कुनै उपहार पाएकी छैनन् ।
केही समय अघि इडीको अनुसन्धान रिपोर्टमा जानकारी आएको थियो कि सुकेशले क्यानडेली डान्सर तथा बलिउड नायिका नोरा फतेहीलाई बीएमडब्ल्यू गाडी उपहारस्वरुप दिएका थिए । यस्तै श्रीलङ्कामा जन्मिएकी नायिका ज्याकलिन फर्नान्डिसलाई उनले करिब १० करोड भारुको उपहार दिए । पिंकी इरानीले ज्याकलिनका मेकअप आर्टिस्टलाई अप्रोच गरिन् । उनको मद्दतले उनी नायिकासँग पुग्न सफल भइन् र सुकेशसँग भेट गराइन् । सुकेशले ज्याकलिनलाई महँगा ब्याग, जुत्ता, घडी, गर–गहना, हर्स हार्नेस र स्यान्डल गिफ्ट दिए ।
सुकेशले ज्याकलिनलाई प्रेम प्रस्ताव राख्नका लागि टिफ्नीको हिराको औँठी खरिद गरेका थिए जसमा जेएण्डएस लेखिएको थियो ।