‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको छ । फिल्मका निर्माता महेशबाबु तिमल्सिना रहेका छन् ।

फिल्मको मुख्य भूमिकामा अभिनेता दिव्य देव रहेका छन् भने सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । फिल्म भित्र सृष्टि इन्स्टेलसन आर्टिस्टको भूमिकामा छिन् ।

यसैगरी फिल्मका अन्य अभिनेता सुशील पाण्डे, नविन लम्साल र निकुन श्रेष्ठ रहेका छन् । चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ ।

उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.