नायक बिशाल बिष्ट म्युजिक भिडियोमा व्यस्त

काठमाण्डौ, फागुन २०
सिनेकला संवाददाता

लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन ।

उनकै निर्देशनमा हालै एउटा ‘केवल एक नजरमा’ बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ ।

छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन ।

एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ ।
झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरमा निर्देशक बिष्ट विश्वस्त छन ।

About The Author

Leave a Reply

Your email address will not be published.