हिमानी बनिन बेस्ट फेसन कोरियोग्राफर

काठमाण्डौं, फाल्गुन ३०
सिनेकला संवाददाता

शनिबार सम्पन्न ‘स्पर्श म्युजिक भिडियो अर्वाड–२०२१ दोस्रो संस्करण ‘बेस्ट फेसन कोरियोग्राफर–२०२१’ को उपाधी फेसन कोरियोग्राफर हिमानी सुब्बाले जितेकी छन् । झण्डै एक दशक देखि नेपालीमोडङि एंव फेसन क्षेत्रमा सक्रियकोरियोग्राफरको रुपमाउनले योगदान पु¥याएकी छन् ।

झण्डै चार सयको हाराहारीमा फेसन सो, ब्युटी पेजेन्टको उत्कृष्ट कोरियोग्राफी गरेकीहिमानीहिमालयनमुभिजप्रोडक्सन हाउसकी सि.इ.ओ.समेत हुन् । सन् २०१२ मा सम्पन्न एक सौन्दर्य प्रतियोगिताको बिजेताभइसके पश्चातअनवरत यस क्षेत्रमाकार्यरत उनीमोडल एवं अभिनेत्रीकोे रुपमा समेत चिनिन्छिन् ।

नेपालमा रहेका थारै महिला फेसन कोरियोग्राफरको माझमा यस अर्वाडबाट उनले आफुलाई नयाँ पुस्ताको एक अब्बल फेसन कोरियोग्राफरको रुपमा प्रमाणित गरेकी छिन् ।

करिब चार दर्जन नेपालीम्युजिक भिडियो एंव फेसन मोडलिङको क्षेत्रमा आबद्ध क्रियाशिलव्यक्तित्वहरुलाई विविधविधामा सो अर्वाड वितरण गरिएको थियो । स्पर्श फिल्म्स एंव प्याजेन्ट नेपाल इन्टरनेशनलको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा शसस्त्र प्रहरी बल नेपालको प्रमुख शैलेन्द्र खनालको प्रमुख आतिथ्य एंव वरिष्ठ गायिका कुन्तिमोक्तान, वरिष्ठ नृत्य प्रशिक्षक बसन्त श्रेष्ठ एंव कमल राई, नायक विशाल विष्ट लगायत अतिथि रहेको कार्यक्रम चर्चित अभिनेत्री शर्मिला मल्ललाई विशेष सम्मान गरिएको थियो । कार्यक्रम नायकद्य दिक्पाल कार्की एंव एसराज गराजले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published.