जेठमा रिलिज हुने ऋचाको ‘कौसीद’

अभिनेत्री ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’ले जेठ २७ (जुन १०) प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै गरेको देखिएकी छन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्म पैसाकै बिषयमा निर्माण भएको हो । कुमार भास्करको निर्देशन रहेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतको अभिनय देख्न सकिनेछ । केदार भुसालको निर्माणमा तयार भएको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ हुन् ।

निसाल पौडेलले छायाङ्कन, मित्र डि.गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको फिल्म बड पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

About The Author

Leave a Reply

Your email address will not be published.