‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । केही मानिसहरु प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले प्रकाश सपुतको ‘पीर’ गीत यथार्थसँग नजिक र मनछुने रहेको, तर यही मौकामा केही मानिसहरु पूर्वाग्रह राखेर माओवादीमाथि खनिएको उल्लेख गरेका छन् । तर तर गीत बन्द गर्न दबाब दिनु चाहिं गलत भएको उनको भनाइ छ ।

दीपकले नेपालका जुनसुकै राजनीतिक दलमा पनि केही मानिसको रजाइँ र केही मानिसको बिजोग अवस्था रहेको बताएका छन् ।

दीपकले लेखेका छन्, पीर गीत असाध्यै राम्रो, मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ ।तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखें । कुन चाहिं पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोग छैन रु कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ रु उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने रु हो गीत बन्द गर्न दबाब चाहिं दिनु गलत हो ।’

About The Author

Leave a Reply

Your email address will not be published.