अर्काे साता डि सिने अवार्ड

१२ औं डि सिने अवार्ड मनोनयन सार्वजनिक भएको छ । आयोजक छायाँछवि क्रियसनले आइतबार एक विज्ञप्ती जारी गर्दै अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको जनाएको हो ।

कोभिड १९ को कारण विगत २ वर्षदेखि आयोजना हुन नसकेको अवार्डको यो संस्करणमा २०७६ मा रिलिज भएका ६१ चलचित्र मध्ये प्रिजज मार्फत छानिएको ३६ फिल्म अवार्डमा समावेश गरेको छ ।

प्रिजज लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका छन् । अवार्ड चैत्र १२ गते काभ्रेको धुलीखेलमा आयोजना हुँदैछ । अवार्ड भब्यताका साथ सम्पन्न गरिने आयोजक अध्यक्ष शान्तिप्रियले बताए ।

चलचित्र, अभिनेत्री, अभिनेता, गीत लगायत अवार्डमा विभिन्न २७ विधाको मनोनयन सार्वजनिक भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.