एमाले अध्यक्ष ओलीसँग भोट माग्ने नैतिक आधार छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताउनु भएकाे छ ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले गएकाे ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनुभयो ।

महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो । उहाँले कम्युनिस्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले कम्युनिस्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको अवसर खेर फालेकाले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताउनु भयो।

महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टीपङ्क्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको बताउनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published.