स्मारिका ढकाल र समिर सुबेदीको अभिनयमा मनै रुवाउँने मार्मिक गित”याद निष्ठुरीको” सार्वजनिक (भिडियो सहित)

बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल तथा हास्य कलाकार समीर सुवेदी “याद निष्ठुरीको” बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गरेका छन।

गितकार नयन अधिकारीको शब्दमा गायन तथा संगीत भने राज सागरको रहेको छ । दिप घतानी र राजन इसानले गितलाई मिठास थप्ने काम गरेका छन । उक्त भिडियो शुक्रवार ३ बजे एल.बी प्रोडक्सन युटुव च्यानल मार्फत सार्वजनिक भएको छ। भिडियोमा समीर सुवेदी सँगै टिकटक बाट चर्चामा आएकी निकै राम्रो अभिनय गर्ने चर्चित स्मारिका ढकाल, चर्चित हास्य कलाकार सुजन ढकाल र ज्ञान तामाङको अभिनय देख्न सकिन्छ ।

थिएटरबाट अभिनय र मोड्लिङ्ग सुरुवात गरेका सुबेदीले विभिन्न टेलीसिरियलमा समेत अभिनय गरेका छन। उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखला दोबाटेमा “चिबे बुढो” पात्रबाट लामो समय अभिनय गरे । हास्य टेली सिरियल “हास्नु हुन्न है” को लेखन तथा निर्देसन समेत गरेका समिर पत्रकारिता समेत गर्छन । यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा “राम राम तिम्रो कसम” निकै रुचाइएको थियो यस लगायतका आधा दर्जन गितका भिडियोमा अभिनय गरिसकेका छन ।

पुर्वबाटै संघर्ष गर्दै गरेका समिरले निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन । अवसर पाए निकै माथी पुग्ने संभावना देखिन्छ । स्मारिका ढकालले निकै राम्रो अभिनय गरेकी छिन यो भिडियोमा । विक्रम चौहानको परिकल्पना र निर्देशनमा बनेको भिडियो तारिफयोग्य बनेको छ । बिक्रम चौहान आफैंमा सफल निर्देशक रहेका छन । उनका हरेक भिडियोमा बेदना देख्न सकिन्छ । आफैंले दुःख गरेर कथा लेख्ने अनि मध्यरात नभनी सुटिङमा एकाग्रह भएर लागेकाे कारणले पनि होला उनी अहिले नेपालकै नम्बर वान निर्देशक बनेका छन । मायाँमा धोका पाएकाहरुले हेर्दा आँखाबाट आँशु रोक्न नसकिने कथामा “याद निष्ठुरीको” युटुबमा एल बि प्रोडक्सनमा हर्न सक्नुहुनेछ तल हामिले लिंक राखेका छौ मनै छुने भिडियो हेर्नुहोला ।

About The Author

Leave a Reply

Your email address will not be published.