शाहरुखसँग काम गर्न आतुर पोर्न स्टार, ७ वर्ष नर्स बनिन् : यसरी बनिन् एडल्ट स्टार

पोर्न स्टार केन्ड्रा लस्ट आजकाल चर्चामा छिन् । केन्ड्रा लस्टले शाहरुख खानसँग फिल्म डन थ्रीमा काम गर्ने इच्छा जताएपछि उनी विशेष चर्चामा आएकी हुन् । केन्ड्रा लस्ट शाहरुख खानकी प्रशंसक हुन् भन्ने कुरा त थाहा भयो तर उनीबारे थप जानकारी पाउन चाहनुहुन्छ भने यहाँ पढ्नुहोस्

केन्ड्रा लस्टको वास्तविक नाम मिसेल एनी म्यासन हो । उनी अमेरिकी पोर्न नायिका तथा निर्देशक हुन् । आफ्नो करियरको सुरुवातमा केन्ड्राले वेबक्याम मोडलिङमार्फत् गरेकी थिइन् । सन् २०१२ मा केन्ड्राले एडल्ट इन्डष्ट्रिमा कदम राखिन् । केन्ड्राले एडल्ट फिल्म इन्डष्ट्रिको चर्चित अवार्ड एक्सबिज अवार्ड एकपटक होइन दुई पटक जितिसकेकी छिन् ।

केन्ड्रा कलेजको शुल्क तिर्न स्ट्रिप गर्ने गर्थिन् । केन्ड्राले डेढ वर्षसम्म स्ट्रिप गरेर कलेजको शुल्क तिरिन् । केन्ड्राले नर्सिङमा ग्रेजुएशन गरेकी छिन् । सात वर्षसम्म उनले नर्सको रुपमा पनि काम गरिन् ।

पोर्न फिल्ममा आउनु अघि केन्ड्राले तीन महिना वेबक्याम मोडलिङ गरेकी थिइन् । मार्च सन् २०१२ मा उनले एडल्ट इन्डष्ट्रिमा जन्मे प्रयास गरिन् । मार्च सन् २०१५ मा केन्ड्राले आर्चएन्जल प्रोडक्सनसँग १ वर्षको सम्झौता साइन गरेकी थिइन् । सन् २०१५ मा केन्ड्राले ट्यालेन्ज एजेन्सी सोसाइटी १५ लञ्च गरेकी थिइन् ।

केन्ड्राले सन् २०१६ मा आफ्नो डायरेक्टोरियल डेब्यु गरेकी थिइन् । उनी आफ्नै प्रोडक्सन कम्पनी चलाउँछिन् जसको नाम लस्ट माई प्रोडक्सन हो । केन्ड्राको नीजि जीवनको कुरा गर्ने हो भने उनको विवाह एक प्रहरी अधिकारीसँग भएको छ । यो विवाहबाट उनकी एक छोरी छिन् । उनका श्रीमानको नाम चक म्यासन हो ।

केन्ड्राको नाम रेसलर तथा अभिनेता जोन सिनासँग पनि जोडिएको थियो । यी दुईबीच अफेयरको खबर आउने गर्दथे । यद्यपि, केन्द्रा र जोनले कहिल्यै पनि यो खबरबारे कुनै टिप्पणी भने दिएनन् ।

केन्ड्रा सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । उनको इन्स्टामा ८ मिलियन फलोअर्स छन् । केन्ड्राको इन्स्टामा उनका बोल्ड तस्बिर देख्न सकिन्छ । केन्ड्रा आफ्नो फिटनेसका लागि निकै चर्चित छिन् ।

About The Author

Leave a Reply

Your email address will not be published.