ब्रह्मास्त्रका लागि कंगनाको करणमाथि हमला

रणवीर कपुर स्टारर फिल्म ब्रह्मास्त्र रिलिज भएको छ । यो फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । अब यो फिल्मलाई लिएर आफ्नो बयानका कारण चर्चामा रहेकी कंगना रनौतको प्रतिक्रिया आएको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कंगनाले करण जोहरदेखि अयान मुखर्जीलाई निशाना बनाएकी छिन् । उनले अयान मुखर्जीलाई जीनियस भन्नेलाई जेल हाल्नु पर्ने बताइन् ।
अयानलाई जीनियस भन्न बाध्य पारिन्छ :कंगना
ब्रह्मास्त्रलाई दिएको नेगेटिभ रिभ्युको स्क्रिनसट सेयर गर्दै कंगनाले लेखिन्, ‘जब तिमी झुट बेच्ने प्रयास गर्छौ । करण जोहरले हरेक शोमा रणवीर–आलियालाई उत्कृष्ट अभिनेता र अयान मुखर्जीलाई जीनियस भन्न मानिसहरूलाई बाध्य पार्छन् । बिस्तारै मानिसहरूले यो झुटो पत्याउन थाले । करणले आफ्नो करियरमा एउटा पनि राम्रो फिल्म बनाउन नसकेको निर्देशकलाई ६०० करोड दिए ।’
उनले राम्रो इमानदार फिल्म बनाउन सक्दैनन् : कंगना
कंगनाले थपेकी छिन्, ‘अब उनको गुटबन्दीले उनलाई नै टोकिरहेको छ । बेबी पीआरसँग विवाह, नियन्त्रित मिडिया, केआरकेलाई जेल, समीक्षा किन र टिकट पनि किन । यी मानिसहरू सबैकुरा बेइमानले गर्छन् तर एउटा राम्रो इमान्दार फिल्म भने बनाउन सक्दैनन् ।’
अर्को पोस्टमा लेखेकी छिन्, ‘जसले अयान मुखर्जीलाई जीनियस भन्छन् उनीहरूलाई सिधै जेल हाल्नुपर्छ । यो फिल्म बनाउन १२ वर्ष लाग्यो । उनले फिल्मका लागि ४ सय दिनभन्दा बढी समय खिचेका थिए । ६०० करोड भारु जलेर खरानी भयो ।’
यसै क्रममा कंगनाले एउटा समाचारको स्क्रिनसट सेयर गरेकी छिन् । यसमा ब्रह्मास्त्रका कारण पीभीआर र आइनक्सका लगानीकर्तालाई ८ सय करोड घाटा भएको बताइएको छ ।
विश्वभरी आठ हजार स्क्रिनमा रिलिज भयो फिल्म
अयान मुखर्जी द्वारा निर्देशित, ब्रह्मास्त्र सेप्टेम्बर ९ मा भारतका ५,०१९ स्क्रिनहरूमा र विदेशमा करिब ३,८९४ स्क्रिनहरूमा रिलिज भयो । फिल्मको वितरण अधिकार स्टार स्टुडियोसँग छ । २१ फक्स स्टार स्टुडियोको टाइटलबाट फक्स हटाइएको छ । यस्तोमा ब्रह्मास्त्र यो स्टुडिउोको नयाँ नामसहित रिलिज भएको पहिलो फिल्म हो । यस्तै, फिल्मलाई वाल्ट डिज्नी स्टुडियो मोशन पिक्चर फिल्मद्वारा विश्वव्यापी वितरण गरिएको छ ।
फक्सलाई २१ फक्स स्टार स्टुडियोको शीर्षकबाट हटाइयो। यस्तो अवस्थामा ब्रह्मास्त्र यो स्टुडियोको नयाँ नामबाट रिलिज हुने पहिलो फिल्म हो । यो फिल्म वाल्ट डिज्नी स्टुडियो मोसन पिक्चर फिल्म्स द्वारा विश्वव्यापी वितरण गरिएको छ। यो भारतमा छ,ण्ज्ञढ स्क्रिन सहित विश्वभर ड,ढज्ञघ स्क्रिनहरूमा रिलीज गरिएको थियो।