सिन्धुलीमा मनोज जंग थापाको जित सुनिश्चित


काठमाडौ ! मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय ससदका लागी उम्मेदवार हुनुभएका मनोज जंग थापाको जित सुनिश्चित जस्तै भएको छ। बि.स.२०४० सालमा कमला माबि ढुङ्रेबासमा अध्यन गर्दै गर्दा अनेरास्ववियुबाट बामपंथी राजनिती यात्रा शुरु गरेका थापा अखिल भारत नेपाल बिद्यार्थी संघको महासचिव हुँदै लोकतान्त्रिक आन्दोलनलाई पुर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत कृयाशिल हुँदै,हाल नेकपा एमालेको केन्द्रिय सद्स्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्ने सकृय राजनितीकर्मी हुन ।वर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टी बिच सहजकर्ताको रुपमा कार्य गर्नु भएको थियो भने शोषित पीडित बर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापा राष्ट्र,राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भै,देश र जनताको समृद्ध र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय रहनु भयो फलस्वरूप “समृद्ध सिन्धुली,सुखी सिन्धुली बासी ” भन्ने मूल अवधारणा सहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सद्स्यमा उम्मेदवारी दिनु भएको छ। पानी,पर्यटन,पूर्वाधार,परिश्रम र परिवारनै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रस्स्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दखल राख्ने उम्मेदवार थापाको बौद्धिकता बाट प्रभावित सिन्धुलीबासीहरु वास्तमै खोजे,रोजे जस्तो उम्मेदवार पाएकोमा निकै हर्षित छन,जिल्लाले पहिलो पटक राजनीति मा समर्पित,राजनीति प्रतिको दक्ष उम्मेदवार गुमाउन नचाहने बताउछन् जिल्लाबासी चलचित्र निर्देशक बिश्वदीप घिमिरे ।
चौबीसै घण्टा जिल्लामा घुमिरहने,सानातिना कार्यमै समय गुजार्ने नेताले झिनामसिना कार्य बाहेक समग्र जिल्लाको बिकासका निमित्त राष्ट्रिय राजनीतिमा प्रभाब राख्ने ल्यागत राख्दैन, जस्का कारण बिकास बजेट,परियोजना तर्जुमा,शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता जनताका यावत समस्या ज्यूका त्यू रहन्छ ।जिल्लाको बिकासमा टेवा पुराउनका निमित्त राष्ट्रिय स्तरमा पहुच, क्षमता र दक्षता भएको नेता नै अबको विकल्प हो, त्यो नै मनोज जङ थापा मात्र भएको आम सिन्धुली बासिको आवाज बनेको र थापाको विकल्प नरहेको भनी उनिको बिजय सुनिश्चिततामा खुशी ले गदगद छन।

Leave a Reply

Your email address will not be published.